२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक बस्दै: विद्याको सदस्यतादेखि नेकपासँग एकताको एजेण्डा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ः०० बजे बैठक बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा रहेको पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणदेखि नेकपासँग पुन: पार्टी एकता गर्ने एजेण्डा अध्यक्ष केपी शर्मा ओलीले ल्याउने तयारी गरेको ओली निकट एक नेताले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “सायद यी दुबै निर्णय छापामार शैलीमा हुँदैछ ।” पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच गत आइतबार लामो छलफल भएको थियो ।

यो पनि पढ्नुहोस- अनुकूलता र प्रतिकूलतामा चाटाचाट र काटाकाट गर्ने ओली र दाहाललाई बाम एकताको त्यान्द्रोले जोड्ला ?

पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई निवासमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै राजनीतिक बिषयमा पनि छलफल भएको गुण्डुस्रोतले जानकारी दियो ।

यसैगरी ओलीले बाह्य रुपमा पार्टी भित्रबाट पनि आफुलाई अप्ठ्यारो परेपछि नेकपा विशेष गरेर पुष्पकमल दाहाल समूहसँग पार्टी एकता गर्ने तयारी गर्नुभएको छ । स्रोतका अनुसार यो विषय लगभग अन्तिम चरणमा पुगेको छ । तर दुबै पार्टी भित्रका बहुसंख्यक नेताहरु यो विषयमा अनभिज्ञ रहेका छन् ।

स्रोतका अनुसार ओली- दाहाल गठजोडका बारेमा नेकपाका नेताहरु माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरू पनि पूर्णरुपमा जानकार छैनन् । दाहालले उहाँहरुलाई एकता पछि खासै महत्व दिएजस्तो लाग्दैन ।

ओली- दाहाल दुबै अप्ठेरोमा परेका बेला एकअर्कालाई जोगाउन एकताको त्यान्द्रो समात्नु भएको छ । यो त्यान्द्रोले पनि जोगाउला जस्तो लाग्दैन, उहाँले भन्नुभयो  “हिजो दुबै नेताको ब्यक्तिगत स्वार्थका लागि नेकपा बनाइयो, उहाँहरुको कुरा मिलेन फेरि विभाजन गराइयो, आज पनि ब्यक्तिगत स्वार्थका लागि अर्को असफल प्रयासको तयारी हुँदैछ ।”

स्रोतका अनुसार ओली पार्टी अध्यक्ष बन्ने र दाहाल संसदीय दलको नेता बन्ने तयारी छ । एमाले र नेकपा बिच एकता हुँदा पार्टीले प्रमुख प्रतिपक्ष दलको हैसियत पाउने र संबैधानिक परिषदमा उपस्थिति हुने अवस्था आउँछ ।

यो पनि पढ्नुहोस – एमालेभित्र मडारिएको ‘बादल’

गत फागुनको आम निर्वाचनमा शर्मनाक हार भएपछि दुबै पार्टीका शीर्ष नेता पद छाड्नु पर्ने दबाबमा छन् । पछिल्ला दिन उपचारका लागि अस्पतालमा बस्दादेखि गुण्डु पुगेर ओली दाहाल बिच पटक पटक छलफल भएको छ ।

पार्टी भित्र वा सरकारमा आफू अनुकूल वा बलियो भएको परिस्थितिमा एकअर्काको उछित्तो काड्ने, घृणा र द्वेशयुक्त शब्दबाट एकअर्कालाई प्रहार गर्ने ओली र प्रचण्डको पुरानै शैली हो । अनि, प्रतिकूल परिस्थिति उत्पन्न हुनासाथ ती तिक्तता बिर्सेर बाम एकताको राग अलाप्नु कुनै आश्चर्य होइन । पार्टी सिद्धान्तबाट च्यूत भएका यी दुबै नेता युवा र तल्लो पुस्ताका आवाजलाई बेवास्ता गर्ने मात्र होइन उनीहरुको हुर्मत लिन पनि पछि पर्दैनन् ।

बाम इतिहास हेर्दा देखिन्छ, यो प्रयोग पटक पटक असफल हुँदै आएको छ । बदलिएको राजनीतिक परिस्थिति र निर्वाचन पछि थलिएको पार्टीबाट बिमुख हुने बाटोमा दुई नेताले विशेष गरेर आफूहरु केही समय सुरक्षित हुने उपाय खोज्न बाम एकताको राग अलापेपछि दुबै पार्टी भित्रबाट त्यसको आलोचना भएको छ ।

यसअघि पनि ओलीले सरकारमा रहँदा होस् वा पार्टीको भूमिकामा रहँदा छाड्न परे कुर्सी नै भाँचिदिने त बताउँदै आएका थिए । यसपटक पनि उनले कुनै न कुनै रुपमा रहने, नसके भाँच्न प्रयास गर्ने त्यो पनि नभए पार्टी भित्रका नेताहरु देखाइ दिने नाममा अर्को कुनै एकल सम्झौता नगर्लान भन्न सकिन्न, ती नेताले भने ।