१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह
अ अ+ अ-

काठमाडाैँ । निर्वाचन र राजनीतिक संक्रमणसम्बन्धी प्रमुख विवाद समाधान हुन नसकेपछि तीन दिनसम्म चलेको वार्ता निष्कर्षविहीन बनेपछि संयुक्त राष्ट्रसंघले सोमालियाका नेताहरूलाई संवाद जारी राख्न आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघको सोमालिया संक्रमण सहायता मिसन (यूएनटीएमआईएस) ले दुवै पक्षले समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेकोमा स्वागत गर्दै आगामी चरणमा पनि वार्ता जारी राख्नुपर्ने बताएको छ।

“सोमालिया संक्रमणकालीन चरणमा प्रवेश गर्दै गर्दा संघीय सरकारलाई सबै सरोकारवालासँग समन्वय गर्दै व्यावहारिक र एकीकृत निर्वाचन मोडेलमा सहमति निर्माण गर्न प्राथमिकता दिन हामी आग्रह गर्छौँ,” यूएनटीएमआईएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ। तीन दिनसम्म चलेको वार्ता शुक्रबार समाप्त भएको थियो, जुन राष्ट्रपति हसन शेख मोहामुदको चार वर्षे कार्यकाल औपचारिक रूपमा सकिएको समयसँगै मिलेको हो। मार्चमा सांसदहरूले संविधान संशोधन गर्दै राष्ट्रपति र संसदको कार्यकाल पाँच वर्ष पुर्‍याउने निर्णय अनुमोदन गरेका थिए। तर विपक्षी दलहरू र केही संघीय सदस्य राज्यहरूले यस विस्तारलाई अस्वीकार गरेका छन्।

यूएनटीएमआईएसले कूटनीतिक पहलमार्फत भएको पछिल्लो वार्ता पनि प्रमुख विवाद समाधान नगरी टुंगिएकोमा दुःख व्यक्त गरेको छ। मिसनले सोमालियाका नेताहरूलाई देशका गम्भीर चुनौतीहरू—मानवीय संकट र असुरक्षा लगायत—समाधान गर्न एकताबद्ध हुन आग्रह गरेको छ। यसले संयमता अपनाउन आह्वान गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर राजनीतिक विभाजन अन्त्य गर्ने प्रयासमा सहयोग गर्न तयार रहेको पनि जनाएको छ। विश्लेषकहरूका अनुसार वार्ताको मुख्य विषय निर्वाचन प्रणालीमा विवाद थियो।

राष्ट्रपति पक्षले प्रत्यक्ष मतदान प्रणालीको पक्ष लिएको छ भने विपक्षी पक्षले परिमार्जित परम्परागत अप्रत्यक्ष मतदान प्रणाली कायम राख्न चाहेको छ। विपक्षी नेता र केही क्षेत्रीय राज्यहरूले यदि अन्तिम सहमति नभएमा मे १५ पछि सरकारको वैधता स्वीकार नगर्ने चेतावनी दिएका छन्, जुन २०१२ को अस्थायी संविधानअनुसार राष्ट्रपति मोहामुदको चार वर्षे कार्यकालको अन्त्य मिति हो।