२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको उत्तर–पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ प्रहरीको मृत्यु



अ+ अ-

काठमाडाैँ । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बन्नु जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीमा आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराएको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन् ।

विस्फोटपछि केही सशस्त्र समूहका सदस्यहरूले चौकीमा प्रवेश गरी प्रहरीमाथि गोली चलाएको जनाइएको छ । बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १२ प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन् । अधिकारीहरूले आक्रमणकारीहरूले भारी हतियारका साथै साना ड्रोन पनि प्रयोग गरेको बताएका छन् । उनीहरूका अनुसार आक्रमणपछि फर्कने क्रममा आक्रमणकारीहरूले प्रहरीका हतियार र केही कर्मचारीलाई समेत लिएर गएको प्रारम्भिक जानकारी छ । बन्नु पछिल्ला वर्षहरूमा बढ्दो सशस्त्र गतिविधिबाट प्रभावित क्षेत्रका रूपमा रहँदै आएको छ ।

पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा बढ्दो तनावका बीच यो आक्रमण भएको हो । इस्लामाबादले अफगान भूमिलाई केही समूहका लागि सुरक्षित आश्रयस्थल भएको आरोप लगाउँदै आएको छ भने काबुलले सो आरोप अस्वीकार गर्दै आएको छ । पछिल्ला महिनाहरूमा दुवै देशबीच सम्बन्ध थप तनावपूर्ण बन्दै गएको र सीमावर्ती क्षेत्रमा हिंसात्मक झडपहरू समेत भएको उल्लेख गरिएको छ ।