५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा मानवसेवा आश्रमको महायज्ञमा ३ करोड बढी सङ्कलन



अ+ अ-

काठमाडौं । मानवसेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट रु तीन करोड तीन लाख सङ्कलन भएको छ ।

मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि अर्थसङ्कलन गर्ने उद्देश्यले यही वैशाख १९ देखि २६ गतेसम्म पोखरा–२५ हेमजास्थित आश्रम प्राङ्गणमा महायज्ञ लगाइएको थियो ।

महायज्ञबाट मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिका लागि नगद, जिन्सी, क्युआर तथा प्रतिबद्धतासहित सो रकम सहयोग रकम प्राप्त भएको यज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

महायज्ञ अवधिभर श्रद्धालु भक्तजन, विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता, धर्मप्रेमी तथा दाताहरूको उत्साहजनक सहभागिताबाट उक्त रकम सङ्कलन गरिएको हो । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले निःशुल्क रुपमा कथा वाचन गर्नुभएको थियो ।

दैनिक रूपमा सञ्चालन गरिएको भागवत कथा वाचन, भजन–कीर्तन, योग शिविर, विद्यार्थी लक्षित उत्प्रेरणात्मक कार्यक्रम, आरती तथा निःशुल्क स्वास्थ्य शिविरले धार्मिक तथा आध्यात्मिक वातावरणलाई थप प्रभावकारी बनाएको शाहीले बताउनुभयो । हाल निर्माणाधीन भवनको करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र महायज्ञबाट प्राप्त सहयोगले बाँकी निर्माण कार्यलाई थप गति प्रदान हुने विश्वास गरिएको संयोजक शाहीले बताउनुभयो ।

“महायज्ञ केबल आर्थिक सङ्कलनको अभियान मात्र नभई धार्मिक, सामाजिक तथा मानवीय चेतना अभिवृद्धि गर्ने माध्यमका रूपमा सफल भयो । पोखरा महानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारसँगै विभिन्न दाताहरूको निरन्तर सहयोगले सेवा अभियानलाई सशक्त बनाएको छ । महायज्ञबाट सङ्कलन भएको रकमले आश्रमको बाँकी काम पूरा गर्न सहयोग पुग्नेछ”, शाहीले भन्नुभयो ।

आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनाको काम गर्दै आएको छ । हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ । पोखराका दुई केन्द्रमा मात्र करिब ३०० आश्रित रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।