११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

मुदी गाउँमा धौलागिरि आरोहण दिवस मनाइँदै

मुदी गाउँमा धौलागिरि आरोहण दिवस मनाइँदै
अ अ+ अ-

गण्डकी।  संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनका अवसरमा ‘धौलागिरि आरोहण दिवस’ मनाइँदैछ । यही वैशाख ३० गते बुधबार धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको ६६ वर्ष पूरा हुँदैछ ।

सन् १९६० मे १३ मा स्विस-अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे १३ तारिखमा धौलागिरि आरोहण दिवस मनाउने गरिएको छ ।

यस वर्ष पनि विविध कार्यक्रमसहित उक्त दिवस मनाउने तयारी भइरहेको ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले जनाएको छ । गत वर्ष पोखरामा ‘धौलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तक्र्रियासहित सो दिवस मनाइएकामा यसपटक धवलागिरि हिमालको काख म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदी गाउँमा यो दिवस मनाइने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

“६६औँ धौलागिरि आरोहण दिवससहित धौलागिरि गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा पदमार्ग प्रवर्द्धन कार्यक्रम एकैसाथ गर्दैछौँ”, उहाँले भन्नुभयो, “दिवसको औपचारिक समारोहमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान गरिनेछ ।”

टान गण्डकीको आयोजना, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र धौलागिरि गाउँपालिकाको समन्वयमा उक्त दिवस मनाउन लागिएको आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोधा रिमालको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।

आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्ने पहिलो आरोहण दलमा नेपालबाट निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पा सम्मिलित हुनुहुन्थ्यो । धौलागिरि हिमालमा पहिलोपटक गरिएको आरोहणलाई नेपालको पर्वतारोणको इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा स्मरण गर्ने गरिएको टान गण्डकीका अध्यक्ष आचार्यले बताउनुभयो । हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धौलागिरि क्षेत्रलाई विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।

पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि धौलागिरि क्षेत्र पर्यटन पूर्वाधार र प्रचारप्रसार अभावमा पछाडि परेको छ ।  विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग नासिँदै र छोटिँदै गएका बेला धौलागिरि चक्रीय पदमार्ग त्यसको विकल्प बन्न सक्ने पर्यटन क्षेत्रका अगुवा बताउँछन् । धौलागिरि हिमाल साहसिक पर्वतारोहीको आकर्षणमा पर्ने गरेको छ ।

नेपालका अन्य हिमालको भन्दा फरक आरोहण अनुभव हुने आरोहीहरूको भनाइ छ । यहाँको भू-बनोट र हावापानीका कारण  धौलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त मानिन्छ । टान गण्डकीका अध्यक्ष आचार्यले गण्डकी प्रदेशमा पर्ने आठ हजार मिटरमाथिका धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल आरोहण दिवसमा पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम गर्दै आइएको बताउनुभयो ।  रासस