१२ श्रावण २०८३, मंगलवार
,
Latest
सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गर्नुभएको छ ।

बिदाइ कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभएको थियो । रासस




भर्खरै