११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

पश्चिम एसियाको असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

पश्चिम एसियाको असर न्यूनीकरण गर्न सरकारलाई सुझाव
अ अ+ अ-

काठमाडौँ। पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझावसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ‘पश्चिम एसियाली सङ्कट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर–मन्त्रालय उच्चस्तरीय कार्यदल’ को प्रतिवेदनमा सरकारलाई सुझावसहित बहुआयामिक प्रभावहरू न्यूनीकरण तथा व्यवस्थापन गर्न चाल्नुपर्ने आगामी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा कार्ययोजना ल्याउन आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिम एसिया क्षेत्रको वर्तमान अवस्थाको यथाशीग्र अध्ययन गरी विद्यमान द्वन्द्वबाट नेपालको आर्थिक, सामाजिक क्षेत्र, कृषि, उद्योग, पर्यटन, व्यापार, लगानी, वैदेशिक रोजगारी, विप्रेषण, वैदेशिक मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन तथा ऊर्जा, इन्धन, खाद्यन्न, औषधि आपूर्तिलगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पर्ने अवस्थासमेत प्रतिवदेनमा उल्लेख गरिएको छ ।

त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्व्यन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेस गरिएको मन्त्रालयका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न कालखण्डमा युद्धको प्रभाव हामीजस्ता विकासोन्मुख मुलुकमा पर्ने गर्छ । यसबाट आइपर्ने सङ्कटबाट बच्न बेलैमा नीतिगत योजना ल्याउन पर्ने सुझाव प्रतिवेदनले दिएको छ ।”

मन्त्रालयका अनुसार १८ लाख नेपाली वैदेशिक रोजगारमा छन् । राज्यको ठूला हिस्सा अर्थतन्त्रमा विप्रेषणको योगदान छ । साथै नेपालीको आर्यआर्जन र आम्दानी गर्ने आयस्रोत पश्चिम एसिया क्षेत्रको प्रभावदेखि गएको उहाँले बताउनुभयो । कृषिदेखि उद्योगसम्म महँगीले असर गरेको उहाँले प्रतिवेदनमा समेटिएको बताउनुभयो । रासस