११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन माग

महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन माग
अ अ+ अ-

काठमाडौँ। गत भदौमा भएको जेनजी प्रदर्शनपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत बनेको बलियो सरकारले महिलाको प्रतिनिधित्व बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गरिएको छ ।

आज यहाँ सञ्चारिका समूह नेपालको आयोजना र संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) को सहयोगमा ‘लैङ्गिक समानता प्रवर्द्धन तथा लैङ्गिक हिंसा अन्त्यका लागि आगामी रणनीतिक’ विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागीले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएर विश्वमा नमूना प्रस्तुत गर्नुपर्ने माग राखेका हुन् ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेद्भाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद् उन्मूलन कमिटी (सीड)का सदस्यमा बन्दना राणाले नेपालको जेनजी आन्दोलनले विश्वको ध्यानकेन्द्रित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य देशमा जेनजी आन्दोलन असफल भयो । तर नेपालमा सफलमात्रै भएन, प्रतिनिधिसभा सदस्य निर्वाचन सफल भई नयाँ सरकार गठन भएको छ । अहिलेको बलियो नेतृत्वले महिलाको प्रतिनिधित्वलाई ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्छ ।”

महिलामाथि हुने हिंसा डिजिटलमा रुपान्तरण भएको समयमा सामाजिक सञ्जालको नियमनमा पत्रकार, वकिल र नागरिक समाजले मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महिला, कानुन र विकास मञ्चका अध्यक्ष एवं अधिवक्ता सविन श्रेष्ठले लैङ्गिक हिंसा के हो ?, कसरी न्यस्नीकरण गर्न सकिन्छलगायत विषयमा बारेमा सचेतना फैलाउनुपर्ने बताउँदै यौन र प्रजनन् स्वास्थ्यको विषयलाई मुख्य एजेण्डा बनाइनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार ९१ प्रतिशत हिंसा चिनजानका व्यक्तिबाट हुने गरेको छ । नेपालमा हुने कुल हिंसाको आधारमा २९ प्रतिशत लैङ्गिक हिंसा हुने गरेको प्रहरीले जनाएको छ । नेपालमा अझै पनि गोप्य रूपमा ‘सरोगेट’ (कुनै व्यक्तिको तर्फबाट अर्को व्यक्तिको कोख प्रयोग गरी बच्चा जन्माउने प्रक्रिया) हुने गरेको अधिवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालमा महिलाका लागि प्रशस्त कानुन बनेका भए पनि न्यायको पहुँचमा पीडित पुग्न नसकेका गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कानुनको जटिलताका कारण महिलाहरू अदालत त परै जाओस् प्रहरीकोमा उजुरी दिनसमेत पुग्न सकेका छैनन् । ठूलाठूला अपराधमा पनि महिला मेलमिलाप गर्न बाध्य छन्, यो सबै कानुनी साक्षरताको अभाव हो ।” रासस