११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

उद्योगपति पाण्डेद्वारा महायज्ञमा ५४ लाख बढी दान

उद्योगपति पाण्डेद्वारा महायज्ञमा ५४ लाख बढी दान
अ अ+ अ-

कास्की। पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा बिहीबार पोखराको मानव सेवा आश्रमका लागि रु ५४ लाख ४४ हजार ४४२ सहयोग गर्नुभएको छ ।

पोखरा महानगरपालिका–८ सृजनाचोक निवासी पाण्डे दम्पतीले आफ्नो वैैवाहिक वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै मानवसेवा आश्रमद्वारा यहाँ जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ २०८३ मा सो सहयोग गर्नुभएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

मानवसेवा आश्रम पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको महान उद्देश्यसहित यही वैशाख १९ गतेदेखि महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजनसेवा ग्रहण गर्दै १८ दिनको वार्षिक भोजन सेवा सदस्यताका लागि रु १८ लाख ८८ हजार ८८७ सहयोग गर्नुभएको हो । यसैगरी मुक्तिनाथ सेवा धर्मशाला निर्माणअन्तर्गत पाँच कोठा निर्माणका लागि रु ३५ लाख ५५ हजार ५५५ सहयोग गर्नुभएको गर्नुभएको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।

“वैवाहिक वर्षगाँठजस्तो विशेष अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नराखी मानवताको सेवामा समर्पित गर्दै गरिएको सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानका रूपमा लिएका छौैँ । पाण्डे दम्पतीको उदार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा महत्त्वपूर्ण टेवा पुगेको छ”, मूल आयोजक समितिका संयोजक शाहीले भन्नुभयो ।

पाण्डे दम्पतीले यसअघि पनि २०७९ साल माघ २० गतेदेखि २७ गतेसम्म सम्पन्न श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञमार्फत भवन निर्माण सम्पन्नताका लागि रु ३० लाख ६६ हजार ६६६ सहयोग प्रदान गर्नुभएको थियो । मानव सेवा आश्रमले पाण्डे दम्पतीको योगदान समाजका लागि प्रेरणाको स्रोत बन्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ ।

आश्रमका अनुसार महायज्ञमार्फत करिब रु चार करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सङ्कलित रकम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष वृद्धि गर्न खर्च गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । उहाँका अनुसार करिब रु १२ करोड लागत अनुमान गरिएको भवन निर्माण हालसम्म ६० प्रतिशत सकिएको छ ।

आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनाको काम गर्दै आएको छ ।

हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ । पोखराका दुई केन्द्रमा मात्र करिब ३०० आश्रित रहेका छन् । रासस