२७ जेष्ठ २०८३, बुधबार
,
Latest
समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेरुत आक्रमणमा हेजबुल्लाहका कमान्डरसहित धेरै लडाकूको मृत्यु, कुवेतमा ड्रोन आक्रमण



अ+ अ-

जेरूसेलम। बेरुतको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा हिजबुल्लाहका रादवान युनिटका कमान्डर अहमद बलुत मारिएको इजरायलले दाबी गरेको छ ।

इजरायली डिफेन्स फोर्स (आइडिएफ) का अनुसार यस कारबाहीमा नासिर युनिटका गुप्तचर प्रमुख मोहम्मद अली बाजी र हवाई सुरक्षा निगरानी अधिकारी हुसेन हसन रोमानी पनि मारिनुभएको छ ।

गाजा शहरमा भएको छुट्टै हमलामा हमास नेता खलिल अल–हयाका छोरा अज्जाम अल–हयाको मृत्यु भएको पनि पुष्टि भएको छ, जसले यस क्षेत्रमा तनाव अझ बढाएको देखिन्छ ।

यसै बर्षको फेब्रुअरी २८ देखि सुरु भएको मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ताका लागि प्रयास भइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, “इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्न आवश्यक थियो। यो भएको छ अब छिट्टै युद्ध अन्त्य हुनेछ ।”

कुवेती विमानस्थलमा ड्रोन आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ । कुवेतको उड्डयन प्राधिकरणका अनुसार उक्त ड्रोनले विमानस्थलको एउटा इन्धन ट्याङ्कलाई लक्षित गरी आक्रमण गरेको थियो ।

कुवेती समाचार संस्थाका प्रवक्ता अब्दुल्लाह अल–राजीले आक्रमणमा भौतिक संरचनामा मात्र क्षति सीमित रहेको र कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “आक्रमणपछि तुरुन्त विपत् व्यवस्थापन सेवाले आगो निभाउने प्रयास गरिरहेको छ।”

यसैबीच, इरानको संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकी सैन्य रणनीतिप्रति कटाक्ष गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट जारी गर्दै इरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई ‘अपरेसन ट्रस्ट मी ब्रो’ र ‘अपरेसन फक्सियोस’ नाम दिनुभएको छ।

उहाँले व्यङ्ग्यात्मक शैलीमा लेख्नुभएको छ, “‘अपरेसन ट्रस्ट मी ब्रो’ असफल भयो । अब ‘अपरेसन फक्सियोस’को साथ तपाईंको नियमित दिनचर्यामा फर्कनु पर्नेछ।”(रासस/एएफपी)