१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित



अ+ अ-

काठमाडौँ। आजदेखि सुरुआत भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो ।

स्कटल्याण्डका लागि ओपनर फिन्ले म्याक्राथले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ७३ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै, ज्याक जार्भिसले ४५ रन जोड्दा मार्क वाट ३७, ब्रण्डन म्याकमुलन २१, म्याथु क्रस २२ तथा ओलिभर डेभिडसन १७ रनमा आउट भए । नेपाल ‘ए’ का लागि रशिद खानले ३ विकेट लिँदा शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २/२ विकेट लिए । त्यसमाथि टस जितेर  पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको थियो ।

नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ६५ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन् । त्यस्तै, ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे । सन्दीप जोरा ३४, पवन सर्राफ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए । दीपक डुम्रेले अविजित २३ रन बनाए ।

स्कटल्याण्डका लागि ब्राण्डलि करी र सफियान सरिफले समान २/२ विकेट लिए भने ओलिभर डेविडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १/१ विकेट लिए । अब नेपाल ए ले आफनो दोस्रो अभ्यास खेल भोलि अमेरिकासँग खेल्नेछ । रासस




भर्खरै