२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकी सडक फराकिलो बनाउन आग्रह



अ+ अ-

नेपालगन्ज।  हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ ।

जिल्लाको खजुरा बजारस्थित एक हजार ८०० मिटर चारलेन हुलाकी सडक पुरानै मापदण्डअनुसार निर्माण सुरु गर्दा सडक साँघुरो हुने भन्दै स्थानीय बासिन्दाले आज हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जमा  ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेका हुन् । करिब नौ वर्षअघि निर्माण सुरु भई अलपत्र परेको सडक पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट सुरु गरिएको थियो ।

स्थानीय बासिन्दा शरण कर्माचार्यले साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढेपछि सडक बिस्तारका लागि आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले अहिले सडक निर्माण हुन लागेको अवस्थामा केही फराकिलो बनाउन अनुरोध गरिएको उल्लेख गर्नुभयो । कर्मचार्यका अनुसार सडकको दुवैतर्फ एक मिटर थप गरी सडकको चौडाइ नौ मिटर कायम गर्न र पदमार्गलाई नालीभन्दा पछि निर्माण अघि बढाउन माग गरिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले नयाँ निर्माणाधीन सडकमा स्थानीयको मागअनुसार सडक विस्तारका लागि सकारात्मक रहेको भन्दै स्वीकृतिका लागि निर्देशनालयमा पठाइने जानकारी दिनुभयो । यसअघि निर्माण भएको संरचनाका विषयमा  अदालतमा मुद्दा विचाराधीन रहेकाले काम अघि बढाउन प्राविधिक कठिनाइ रहेको उहाँको भनाइ छ ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार २०७४ साल चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरीयामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।

सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने थियो  । तर पटक–पटक म्याद थप गर्दा काम सम्पन्न भएन । सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण व्यवसायी अदालत गएकामा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको मागअनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाएको छ ।  रासस




भर्खरै