२४ भाद्र २०८३, बुधबार
,
Latest
झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली कागजात बनाउने तीन पक्राउ



अ+ अ-

काठमाडौँ । नक्कली सरकारी कागजात बनाउने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत सामग्री गैह्रकानूनीरुपमा बनाएको आरोपमा ओखलढुङ्गा ३४ वर्षीय सविनकुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अमृत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडीलाई पक्राउ गरेको हो ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरी गैरकानूनीरूपमा नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गर्नेलाई पक्राउ गरेको जानकारी दिएको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले तोलाङ्गीले श्रेष्ठ फोटोे स्टुडियो गोँगबु, सुर्खेतीले स्टार डिजिटल फोटो स्टुडियो सिनामङ्गल र दवाडीले दुवाडी डिजिटल फोटो स्टुडियो महाराजगञ्जबाट सरकारी नक्कली कागजात बनाएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।

अपराध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखतसम्बन्धी कसुरअन्तर्गत दफा २७६ विपरीत कसुर भएकाले २७६ (३) को ग बमोजिम सात वर्ष कैद र ७० हजार जरिवना हुने कानूनी प्रावधान छ ।