५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाबको धुँवाधार ब्याटिङ, केएल राहुलको १५२ रन खेर गयो



अ+ अ-

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज साँझ भएको पहिलो खेलमा पञ्जाब किंग्सले अवश्वसनीय ब्याटिङ मद्दतले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दिल्लीले पहिले ब्याटिङ गरेर जितका लागि पञ्जाब समक्ष २६५ रनको चुनौती प्रस्तुत गरेको थियो । दिल्लीका लागि केएल राहुलले व्यक्तिगत १५२ रन बनाएका थिए जसमा ९ छक्का र १६ चौका समावेश थियो ।

अर्का ब्याटर नितिश रानाले पनि राहुललाई साथ दिँदै ९१ रन बनाएका थिए । उनले पनि ४ छक्का र ११ चौका प्रहार गरेका थिए ।

जितका लागि २६५ रनको अविश्वसनीय लक्ष पछ्याएको पञ्जाबले १८.५ ओभरमै ४ विकेट गुमाएर विजयी भयो । आइपिएलमा पहिलो स्थानमा रहेको पञ्जाबका खेलाडीले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेका थिए ।

प्रारम्भिक ब्याटर प्रभसिमरिन सिंहले २६ बलमा आकर्षक ७६ रन बनाएर आउट भए भने अर्का ओपनर प्रियाँस आर्याले पनि १७ बलमा ४३ रन बनाएर पभेलियन फर्किए । तर त्यसपछि आएका कूपर कोनोली १७ रन मात्र बनाएर आउट भए ।

त्यसपछि क्रिजमा आएका कप्तान श्रेयस ऐयरले खेलको दृश्य नै फेरिदिए । उनले ३६ बलमा अविजित ७१ रन बनाए जसमा ७ छक्का र ३ चौका सामेल थियो ।

आजको खेलमा दिल्ली क्यापिटल्स पराजित भए पनि दिल्लीका केएल राहुलले म्यान अफ दी म्याचको पुरस्कार पाए ।

अहिले दोस्रो खेल राजस्थान रोयल्स र सरराइजर्स हैदराबाद बीच खेल भइरहेको छ । पहिले ब्याटिङ गरिरहेको राजस्थानका लागि युवा खेलाडी वैभव सूर्यवंशीले शतक प्रहार गरेका छन् ।