७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड

बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड
अ+ अ-

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारी र समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिइएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) द्वारा आज यहाँ आयोजित ‘बाल अधिकार संरक्षण र सम्वर्द्धनमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रममा अभियानकर्मी, पत्रकारिताका प्राध्यापक तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिले योजनाबद्ध र परिणामूलक काम गरिनुपर्नेमा जोड दिएका हुन् ।

मौलिक हकका रूपमा रहेको शिक्षा, स्वास्थ्य, पोषणलगायत विषयमा निरन्तर आवाज उठाइरहनुपर्नेमा जोड दिँदै वक्ताहरूले अन्तरराष्ट्रिय बालअधिकार अभिसन्धि, मुलुकको संविधान र कानुनअनुसार बालबालिकाले बाँच्न पाउने, विकास, संरक्षण र सहभागिताका सवालमा भएका कार्य सकारात्मक रहे पनि पर्याप्त नभएको जनाए ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले बालअधिकारका सवालमा सरकारी, गैरसरकारी तथा सञ्चार क्षेत्रबाट काम हुँदै आए पनि अधिकार उल्लङ्घनका घटना अन्त्य हुन नसक्नका कारण पहिल्याएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले बालबालिकाका सवालमा सरकारलाई जिम्मेवार बनाउन सञ्चारमाध्यमहरू संवेदनशील हुनुपर्नेमा भन्दै प्रेस काउन्सिल नेपालबाट जारी भएको ‘बालमैत्री सञ्चार निर्देशिका, २०७३’ को कार्यान्वयनमा जोड दिनुभयो ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले बालबालिकासम्बन्धी ऐनलाई परमार्जित र एकीकृत रूपमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई राष्ट्रिय गौरवका आयोजनामा समाविष्ट गरिनुपर्ने, बालबालिका बजेट ‘कोड’ कायम गरिनुपर्ने, बाल विवाह अन्त्यको रणनीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । बालबालिकासम्बन्धी सवाल हेर्ने छुट्टै आयोग वा राष्ट्रिय मानवअधिकार आयोगमा आयुक्त हुनुपर्नेमा सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

प्लान इन्टरनेसनल नेपालका नीति पैरवी व्यवस्थापक इर्साद अन्सारीले बालअधिकार संरक्षण र सम्बर्द्धनका लागि सरकार, गैरसरकारी क्षेत्र र सञ्चारक्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

छलफलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सूचना अधिकारी कृष्ण गौतम, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, नेपाल टेलिभिजनका समाचार सम्पादक देवीप्रसाद सापकोटा, मूलखबर डटकमका सम्पादक सन्तोष पौडेललगायतले आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । रासस