१३ श्रावण २०८३, बुधबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाद्वारा प्राचीन मूर्ति पुनःस्थापित



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै स्थानमा फिर्ता गराउन थालेको छ ।

कामपाले विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी÷पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं २० मरुस्थित गःगुठी सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनःस्थापित गरेको छ ।

कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले सङ्ग्रहालयको जुद्धजातीय कलाशालामा राखिएको यो मूर्ति बुझेर ल्याउनुभएको हो ।

सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजिमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डङ्गोल र पुुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथप्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाउनु भएको हो ।

मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको रहेको जनाइएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत भन्नुहुन्छ, “काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्येको एउटा दायित्व हो । यसप्रति हामी प्रतिबद्ध छौँ । नियमित काम गरिरहन्छौँ ।”

चोरिएर लण्डन पुगेको यो मूर्ति, नेपाली दूतावास बेलायतबाट फिर्ता भएपछि पुरातत्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राख्न पठाएको थियो ।

हरेक वर्ष अङ्ग्रेजी महिनाको एप्रिल १८ तारिख इन्टरनेसनल डे फर मोनुमेन्ट्स एन्ड साइट्स अर्थात् विश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ । इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स (स्मारक क्षेत्रहरुको अन्तरराष्ट्रिय परिषद्) ले दिवस मनाउन सुरु गरेको हो ।

यो सन् १९६५ मा स्थापना भएको हो । परिषद्ले सन् १९८२ मा दिवस मनाउन राखेको प्रस्ताव त्यसको १ वर्षपछि युनेस्कोले पारित गरेपछि अन्तरराष्ट्रिय रुपमा दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २०१० बाट दिवसलाई औपचारिक रुपमा मनाइन्छ । रासस