२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन



अ+ अ-

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो व्यक्त गर्नुभएको छ ।

सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उहाँले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो ।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबीकुमारी ठाकुर र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीसमेत उपस्थिति हुनुहुन्थ्यो ।

विसं २०७६ असोज १८ मा संसद् भवन निर्माणका लागि तुन्डी शेख जेभीसँग रु सात अर्ब ९४ करोडमा सम्झौता भएको थियो । प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म छ पटक समय थप भइसकेको छ । पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण सम्पन्न भइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बानियाँ जेभीसँग रु दुई अर्ब ३४ करोड र छाना निर्माणका लागि चेनलिङ्क इञ्जिनियरिङसँग रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको छ ।