२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख ७ गतेदेखि दैलेखमा प्रादेशिक महोत्वस हुँदै, कर्णाली झल्कने १८० स्टल रहने



अ+ अ-

काठमाडौं । दैलेख प्रादेशिक महोत्वस वैशाख ७ गतेदेखि १९ गतेसम्म आयोजना हुने भएको छ । ‘कृषि, उद्यम, पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महात्वसबको विषयमा आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइएको हो ।

कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन र त्यहाँका पर्यटकीय क्षेत्रका विषयमा जानकारी दिने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सबमा १८० स्टलहरु रहने नेपाल उद्योग वाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष एम मल्लले जानकारी दिए ।

१८० मध्ये ३० वटा स्थानीय उत्पादनका मात्रै स्टलहरु रहने र करिब ५ लाख दर्शकले अबलोकन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । दैलेख जिल्लाका विभिन्न कला संस्कृति झल्कने झाँकी तथा नाचहरु र स्थानीय उत्पादन र उत्पाद गर्न सक्ने सम्भावनाका क्षेत्रहरु पहिचान गरेर लगानी भित्र्याउने लक्ष्य पनि लिइएको मल्लको भनाइ छ ।

संघका पूर्व अध्यक्ष शान्ति प्रसाद शर्माले दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन, इतिहासका विषयमा जानकारी दिइने बताए । कृषि, जलविद्युत, पर्यटनका हिसावले महत्वपूर्ण जिल्लाका रुपमा रहेको दैलेखको विकासका लागि सबैको साहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

जिल्लामा सुन, तामा लगायतका खानी भएकाले त्यसयको उत्खनन गर्न सकिएको खण्डमा जिल्लाको मुहार फेरिने उनको भनाइ छ । अर्को तर्फ पेट्रोलियम खानी भएको पुष्टि भइसकेको अवस्थामा त्यसबाट इन्धन निकालेर प्रयोग गर्ने तर्फ उचित ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरे ।

जिल्लाका उद्योगी व्यवसायीले मात्रै लगानी गरेर जिल्लाको विकास सम्भव नहुने भएकाले बाह्य लगानी भित्र्याउनका लागि पनि यो महोत्सव महत्वपूर्ण हुने बताए ।

जिल्लाको पेट्रोेलियम खानी उत्खननका विषयमा अघिल्लो सरकासँग कुरा हुँदा फागुन चैत बाट नै सुरु गर्ने भनिएको भए पनि अहिले अलपत्र परेको भन्दै यसमा पनि सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ । यो महोत्वसले दैलेखमा उत्पादन भएका सामानहरुको प्रचार प्रसारमा टेवा पु¥याउने उनको विश्वास छ ।

दैलेखी सेवा समाजका अध्यक्ष प्रताब शाहीले जीवन, भुगोल, भाषा, संस्कृति, भेषभुषाका कारण दैलेख विना देश नै अधुरो हुने धारणा व्यक्त गरे । जिल्लाको विकास गर्नका लागि सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।

जिल्लाको आर्थिक विषयमा उद्योग वाणिज्य संघ बाहेक अरुलाई धेरै जानकारी नहुने भएकाले जिल्लाको आर्थिक विषयमा संघले नेतृत्व गर्नु पर्ने समाजका सचिव सूर्य बस्नेतले बताए ।

पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकियो भने मात्रै पनि दैलेख जिल्ला मात्रै नभएर देशले नै काचुली फेर्ने उनले बताए । कोटेश्वर बहुमुखी क्याम्पसका प्रोफेसर विनोद अधिकारीले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै पर्यटन, कला संस्कृतिको जर्गेनामा लाग्नु पर्ने धारणा व्यक्त गरे ।

फोटो पत्रकार तथा मनधरी फाउण्डेसनका अध्यक्ष भरतबन्दु थापाले भाषाको उत्पति भएको क्षेत्र राज्यले नै पछि पारेको भन्दै आफ्नो तर्फबाट महोत्वस सफल पार्नका लागि गर्ने सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले दैलेख सम्भावना बोकेको जिल्ला भएकाले सबै मिलेर जिल्लाको विकास र समृद्धिमा लाग्नु पर्ने धारणा व्यक्त गरिन् ।