४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संगीतरत्न शम्भूजीतको स्मृतिमा ‘आशा दिदी’

संगीतरत्न शम्भूजीतको स्मृतिमा ‘आशा दिदी’
अ+ अ-

म भर्खर संगीतमा पाइला चाल्दै थिएँ। मैले भारतीय गायिका आशा भोसलेबारे प्रशस्तै सुनेको थिएँ । उहाँको बारेमा आफू पनि सोधखोज गर्थें । उहाँ काठमाडौँ आउनु भएको खबर पाएँ । २०३७ सालतिरको कुरा हो । संयोगले एक दिन आशा दिदी र सुप्रसिद्ध भारतीय संगीतकार आरडी बर्मन न्यूरोडको बिशालबजारमा किनमेल गर्न लागेको समयमा मेरो भेट भयो ।

मैले चिनिहालेँ र आफ्नो परिचय दिँदै आफू पनि संगीतको विद्यार्थी भएको जानकारी गराएँ । उहाँहरु न्यूरोडको क्रिस्टल होटलमा बस्नु भएको थियो । पशुपतिनाथ र स्वयम्भु घुम्नुभएको थियो ।

त्यो भेटको धेरैपछि ‘चेलिबेटी’ चलचित्रको गीत रेकर्डिङका लागि मुम्बई जाने कुरा भयो । निर्देशक यादव खरेल र म मुम्बई गयौँ । यादव खरेल मुम्बईको पेडर रोडको प्रभु कुञ्जमा बस्नुहुन्थो । जहाँ आशा, उषा मंगेसकर र लता मंगेसकरको निवास थियो । भेट गर्न निकै कठिन भयो । गेटमा कागजमा एउटा चिट लेखेर दिएँ र काठमाडौँमा भेट भएको कुरा सोही चिटमा सम्झाएर लेखेँ ।

त्यो चिट हेरेपछि उहाँले पुरानो कुरा स्मरण गर्नुभएछ, र भोलिपल्ट बिहान ९ बजे भेट गर्ने समय दिनुभयो । भेट पनि भयो । भेटमा चिया, फुरन दाना आदि खाएको स्मरण छ । गीतकार यादव खरेल पनि साथमा हुनुहुन्थो ।

त्यस अवसरमा मैले हारमोनियम बजाएर गीतको लय पनि सुनाएँ । शब्दहरुको भाव र उच्चारणका बारेमा राम्ररी बुझाएँ । मराठी, बंगाली केही शब्दहरु मिल्थे गीतमा । शब्द शब्दका बारेमा पनि छलफल भयो । गीत रेकर्डिङका लागि फिल्म सेन्टरमा समय लिन भन्नुभयो र यसका लागि पनि उहाँले नै खबर गरिदिनुभयो । पूर्व निर्धारित समयमा उहाँ पनि तोकिएको समयमा आउनुभयो ।

उहाँ नेपाली भनेर निकै माया गर्नुहुन्थो । नयाँ कम्पोजरलाई पनि निकै माया गर्नुहुन्थो । अर्को पटक चलचित्र ‘प्रेमपिण्ड’को लागि गैरी खेतको सिरै हान्यो गीत रेकर्डिङ गर्‍यौँ। त्यसपछि चलचित्र ‘करोडपति’को छुन्छन् मलाई गीत पनि रेकर्डिङ गर्‍यौँ ।

स्वरकी अद्भूत प्रतिभाकी धनी आशाले गाएका सबै गीत हिट भए । मेरो भाग्य, उहाँसँग चारवटा गीतमा सहकार्य गर्ने मौका पाएँ । दुईओटा युगल र दुईवटा एकल । उहाँ आफ्नो काम प्रति निकै प्रतिबद्ध हुनुहुन्थो । मेरो स्मरण र अनुभवमा उहाँ निकै समझदार हुनुहुन्थो ।

उहाँले सधैँ जोली मुडमा गीत गाउनुहुन्थो । भारतीय गीत संगीतको चल्ती अनुसार हामीले पारिश्रमिक दिन त सक्दैनथ्यौँ । तर पनि उहाँले जति दियो त्यो सहर्ष स्वीकार गर्नुहुन्थो । मलाई लाग्छ उहाँजस्तो सुप्रसिद्ध गायिकाको स्वरले नेपाली संगीतको प्रतिष्ठा पनि निकै बढेको छ । उहाँको गलाको मिठासको त म के कुरा गरौँ, त्यो त उहाँले पाएको वरदान नै हो । यस्तो व्यक्तित्वलाई हामीले गुमाएको खबरले म निकै दुःखी छु । उहाँप्रति म श्रद्धासुमन व्यक्त गर्दछु । भावपूर्ण श्रद्धाञ्जलि आशा दिदी ।

वरिष्ठ संगीतकार शम्भूजीत बासकोटासँग गरिएको कुराकानीमा आधारित