९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
अ अ+ अ-

काठमाडौँ। सूचना प्रविधिको प्रयोग वृद्धिसँगै ‘डिजिटल’ हिंसा बढ्दै गएकाले कानुनी रुपमा नै न्यूनीकरण गर्नुपर्नेमा सांसद र युवा सङ्गठनका प्रतिनिधिले जोड दिएका छन् ।

महिला सेवा संस्था नेपालले आज आयोजना गरेको ‘बदलिँदो राजनीतिक परिस्थितिमा युवाको भूमिका’ विषयक युवाहरूसँग एक दिवसीय संवादमा राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा) का सांसद कमल सुवेदीले सूचना प्रविधिको युगमा भएकाले त्यसलाई कानुन बनाएर नै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

“अहिलेको मन्त्रिपरिषद्मा युवा सहभागिता राम्रो छ, युवाले सूचना प्रविधिको राम्रो प्रयोग पनि गरेको छ, निर्वाचनमा पनि डिजिटल माध्यमबाटै प्रचार भयो,” सांसद सुवेदीले भन्नुभयो, “तर भ्रमपूर्ण, गलत सूचनाहरु पनि प्रचार हुन सक्छ, त्यसलाई कानुन बनाएर व्यवस्थित गर्नुपर्छ ।”

नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विकेले सूचना प्रविधिको विकाससँगै डिजिटल माध्यमबाट महिला हिंसा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो  । “महिला हिंसा बढ्दै गएको छ, मलाई त्यो सम्झियो भने आङ सिरिङ्ग हुन्छ,” उहाँले भन्नुभयो, “डिजिटल माध्यमबाट धेरै महिलालाई हिंसा हुने देखिएको छ, त्यो रोक्नुपर्ने जरुरी छ ।”

युवाहरुले डिजिटल प्रजातन्त्रका युवाका आवाज, युवा सहभागिता र युवा सङ्गठनहरुमा एकताबद्ध भएर संवाद गरी मुलुकको समस्याको समाधान दिनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा राजनीतिक दल, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलगायतका युवाको सहभागिता थियो । रासस