९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

अफगानी अधिकारीसँग चीनमा वार्ता भइरहेको पाकिस्तानको दाबी

अफगानी अधिकारीसँग चीनमा वार्ता भइरहेको पाकिस्तानको दाबी
अ अ+ अ-

इस्लामावाद। पाकिस्तान र अफगानिस्तानले सीमापार आक्रमणका कारण महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयास गर्न चीनमा वार्ता गरिरहेका छन् ।

पाकिस्तानका विदेशमन्त्री इशाक दार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट्न मङ्गलबार बेइजिङ पुगेपछि उत्तरपश्चिमी शहर उरुम्चीमा बैठक भएको हो ।

उनीहरूबिच संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयासमा इस्लामाबादको भूमिकाबारे छलफल भएको र र द्वन्द्व अन्त्यका लागि संयुक्त पाँचबुँदे योजना तय भएको बताइएको छ।

गत सप्ताहन्तमा पाकिस्तानी राजधानीमा साउदी अरब, इजिप्ट र टर्कीका विदेश मन्त्रीहरूको भेट भएको पाकिस्तानको कूटनीतिक प्रयासका लागि चिनियाँ समर्थनपछि दार बुधबार इस्लामाबाद फर्किनुभएको थियो ।

चीनले पाकिस्तान र अफगानिस्तानबीच बढ्दो द्वन्द्वमा मध्यस्थता गर्न खोजेको छ । उसले विशेष दूत पठाएको छ र तनाव कम गर्न रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

पाकिस्तानले सीमापार आक्रमण गर्ने चरमपन्थीहरूलाई निशाना बनाइरहेको बताएको छ, तर काबुलका अधिकारीहरूले आतङ्ककारीहरूलाई आश्रय दिएको अस्वीकार गरेका छन्।

यसैबिच अफगान सरकारसँग सम्पर्क गर्दा पाकिस्तानी विदेश मन्त्रालय र सेनाले वार्ताका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

पाकिस्तानका एक वरिष्ठ सुरक्षा अधिकारीले भने, “पाकिस्तानी विदेश मन्त्रालयका अधिकारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल अफगान तालिवानसँग वार्ता गर्न उरुम्कीमा पुगेको छ ।”

“चिनियाँ मित्रको आग्रहमा यो बैठक हुन लागेको हो,” उहाँले भन्नुभयो । अर्का वरिष्ठ सरकारी अधिकारीले पनि वार्ताको पुष्टि गर्दै भने “यो बैठक पूर्ण स्तरको संवादको आधार तयार गर्नका लागि पहल हो ।”

अफगानिस्तानबाट पाकिस्तानको माग यथावत रहेको र काबुललाई चरमपन्थीविरुद्ध ‘प्रमाणित कारबाही गर्न’ र ‘समूहलाई कुनै पनि समर्थन अन्त्य गर्न’ आग्रह गरेका छन्।

उसले अफगानिस्तानको भूमिलाई पाकिस्तानविरुद्ध आक्रमण गर्ने अखडा नहोस् भन्ने पनि सुनिश्चित गर्न चाहेको छ । पाकिस्तान यस क्षेत्रमा चीनको सबैभन्दा नजिकको साझेदार हो र बेइजिङले अफगानिस्तानसँगको इस्लामावादको द्वन्द्वमा ‘शान्त र संयम’ रहन आग्रह गरेको छ।

कतार र टर्कीले सहयोग गरेका मध्यस्थता प्रयासहरू स्थायी युद्धविराम प्राप्त गर्न असफल भएपछि यो बैठक पहिलो महत्त्वपूर्ण संलग्नता हो, जसले इस्लामाबादलाई अफगानिस्तानको भित्री भागमा हवाई आक्रमणहरू सहित एक ठूलो सैन्य अभियान सुरु गर्न प्रेरित गरेको छ ।  (रासस/एएफपी)