११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च



अ+ अ-

काठमाडाैँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा ५६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४३ जनाले मात्र खर्च विवरण बुझाएका छन् । कार्यालयका सूचना अधिकारी युवराज पन्तका अनुसार अझै १३ जनाले निर्वाचन खर्च बुझाउन बाँकी रहेको छ । निर्वाचन परिणाम घोषणा भएको एक महिनाभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।

चैत २३ गतेभित्र खर्च विवरण बुझाइसक्नुपर्ने समयसीमा रहेको छ । बाँके जिल्लाको क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी, क्षेत्र नं २ बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई र क्षेत्र नं ३ बाट रास्वपा कै खगेन्द्र सुनार निर्वाचित भएका थिए ।