९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
अ अ+ अ-

महोत्तरी। मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ । मिथिला क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष धार्मिक कार्यक्रम प्रारम्भ भएका छन् ।

विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन तथा रामलीला मञ्चन भएका भने गाउँसहरमा रामभजन गुुञ्जिरहेका छन् ।

“श्रीराम आराध्यदेव मात्र होइन, मिथिलाका ज्वाइँका रूपमा पूजित हुनुहुन्छ,” लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले भन्नुभयो, “यसकारण पनि रामनवमी मिथिलाको विशिष्ट पर्व हो ।”

मिथिलाञ्चलका रामजानकी मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्ड पाठ भइरहेको छ । श्रद्धालुहरू व्रत पनि बसेका छन् । भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार विशेष महत्वको मानिने महन्थ वैष्णवले बताउनुभयो ।

मिथिलामा श्रीरामको आगमन, सीता स्वयंवर, विवाह तथा त्यसपछिका विभिन्न क्षेत्रको परिभ्रमणसम्बन्धी कथाहरूले पनि यस पर्वलाई यहाँ विशेष बनाएको उहाँको कथन छ । रासस