९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित  अदालतमा पेश
अ अ+ अ-

न्यूयोर्क। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक न्यूयोर्कको एक अदालतमा बिहीबार सुनुवाईका लागि उपस्थित गराइएको छ ।

अमेरिकी सेनाले भेनेजुयालाको राष्ट्रपति भवनमा छापा मारी पक्राउ परेपछि उहाँलाई जनवरीमा अमेरिका पुर्याइएको थियो र उहाँमाथि अमेरिकाले लगाएको ‘नार्को–आतङ्कवाद’, कोकिन कारोबार, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको चार अभियोगमा न्यायिक कारबाहीका लागि उक्त अदालतमा पेश गरिएको थियो ।

मदुरोसँगै र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई पनि लगिएको थियो र तीन महिनादेखि ब्रुकलिनको जेलमा राखिएको छ ।

मदुरोले आफूलाई ‘युद्धबन्दी’ ोषित गर्नुभएको छ तर ‘नार्को–आतङ्कवाद’ षड्यन्त्र, कोकिन आयात षड्यन्त्र, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको चार अभियोगमा दोषी नभएको दावी गर्नुभएको छ।

बिहीबारको सुनुवाइमा बिहान ११ः०० बजे मदुरोले आफ्नो मुद्दा खारेज गर्न आफ्नो अडान दोहोर्याउने सम्भावना छ । उहाँको मुद्दा हेरिरहेका वकिलहरूले पूर्व नेताको कानुनी शुल्क कसले तिर्ने भन्ने विषयमा निर्णयको पर्खाइमा रहेका छन्।

भेनेजुयलाको सरकारले खर्च बेहोर्न खोजिरहेको छ, तर वाशिङ्गटनको प्रतिबन्धका कारण, उहाँका वकिल ब्यारी पोलाकले अमेरिकी लाइसेन्स लिनु पर्छ जुन जारी गरिएको छैन।

पोलाकले अदालतमा पेश गरेको निवेदनमा तर्क गर्नुभएको छ, “लाइसेन्सको आवश्यकताले मदुरोको कानुनी प्रतिनिधित्वको संवैधानिक अधिकारको उल्लङ्घन गरेको छ र प्रक्रियागत आधारमा मुद्दा खारेज गर्न माग गर्दछ।”

मदुरो र फ्लोरेसलाई बोकेको मानिएको एक प्रहरी लस्कर बिहान ४ः०० बजे जेलबाट म्यानह्याटन अदालत पुग्न जेलबाट बाहिरिएको एएफपीका पत्रकारहरूले देखेको बताएका छन्।

ब्रुकलिनको ‘महानगरीय कैदी केन्द्रमा हिरासत’मा रहेका मदुरोलाई इन्टरनेट वा अखबारको पहुँच नभएको कोठामा एक्लै राखिएको छ ।

भेनेजुएला सरकार निकट स्रोतका अनुसार जेलमा रहेका मदुरोले बाइबल पढ्नुहुन्छ र उहाँका केही सहकर्मीले उहाँलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गर्छन् ।

स्रोतका अनुसार उहाँले आफ्नो परिवार र वकिलसँग फोनमा अधिकतम १५ मिनेट मात्र कुराकानी गर्न पाउनुहुन्छ ।

वकिलहरूले हामी (पत्रकार)लाई दिएको जानकारीमा मदुरो ‘सशक्त’ रहेको बताइएको छ । उहाँका छोरा निकोलस मदुरो गुएराले आफ्ना पिताका सम्बन्धमा सोधिएको प्रश्नमा भन्नुभयो, “हामी ठीक छौँ किनकि हामी लडाकु हौँ ।”

मदुरो र उहाँकी पत्नीलाई अमेरिकी कमान्डोहरूले जनवरी ३ को बिहान भेनेजुएलाको राजधानीमा लडाकु विमानको सहयोगमा हवाई आक्रमण गरेर जबरजस्ती नियन्त्रणमा लिई गोप्यरूपमा अमेरिका पुर्याएका थिए ।  (रासस/एएफपी)