५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे



अ+ अ-

काठमाडौं ।  नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका खेल्ने बताउनुभएको छ ।

पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकामना दिँदै यो ठूलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक भइसकेपछि आफ्नो धारणा राख्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा राष्ट्र र जनताको निम्ति देशको बलियो अर्थतन्त्र निर्माणको निम्ति, गरिबी उन्मुलनको निम्ति र समृद्ध नेपाल निर्माणको लागि महत्वपूर्ण भुमिका खेल्छौँ । जेन–जी प्रतिवेदन सरकारले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । मिडियामार्फत आएको छ । सरकारले औपचारिक रुपमा प्रतिवेदन सार्वजनिक गरिसकेपछि आफ्नो धारणा सार्वजनिक गरौँला । मूलतः अब बन्ने सरकारलाई शुभकामना दिन चाहान्छु । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाईको जनादेश दिएको छ । यो जनादेश राष्ट्र निर्माणमा सदुपयोग होस् ।’

गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुले बिहीवार दिउँसो २ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् । –न्युज एजेन्सी नेपाल