११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त



अ+ अ-

काठमाडौँ।  इजरायलले दक्षिण लेबनानी शहरहरू, आवासीय क्षेत्रहरू र मुख्य पुलहरूलाई निशाना बनाउँदै हवाई आक्रमण जारी राखेको छ ।

इरान जोडिएको वृहत्तर द्वन्द्वका बीच यो तनाव अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

टायर जिल्लाको चेहाबिये गाउँमा भएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् र एउटा आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । सोही जिल्लाको अल–हनिया शहरमा भएको इजरायली गोलाबारीमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका छन् ।

नबातिये जिल्लाको मजदल अल–सेल्म शहरमा इजरायली हवाई आक्रमणमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । टेबनीन शहरमा इजरायली गोलाबारीले घर र पसलहरूमा व्यापक क्षति पु¥याएको छ, जहाँ नागरिक सुरक्षा टोलीहरू भग्नावशेष हटाउन र सडकहरू पुनः सञ्चालन गर्न खटिएका छन् ।

यसैबीच, हिजबुल्लाहले मरुवाहिन्, मारुन अल–रस र यारुन लगायतका धेरै सीमावर्ती स्थानहरूमा आफ्ना लडाकुहरूले इजरायली सैनिक र सवारी साधनहरूको समूहलाई निशाना बनाएको दाबी गर्दै धेरै विज्ञप्तिहरू जारी गरेको छ ।

लेबनानी राष्ट्रपति जोसेफ आउन र संसदका सभामुख नबिह बेरीले सोमबार बाब्दा दरबारमा भेट गरी वर्तमान सुरक्षा अवस्था र दक्षिण लेबनानलाई अन्य क्षेत्रसँग जोड्ने पुलहरूमाथि भइरहेको इजरायली आक्रमणबारे छलफल गर्नुभयो ।

राष्ट्रपति आउन र सभामुख बेरीले दक्षिणी शहर र गाउँहरूबाट करिव १० लाख बासिन्दा विस्थापित हुँदा सिर्जित कठिन सामाजिक र मानवीय अवस्थाबारे पनि छलफल गर्नुभयो। दुवै पदाधिकारीले राष्ट्रिय एकता र नागरिक शान्ति कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

ड्रुज धार्मिक र जातीय अल्पसंख्यक समूहका राजनीतिक नेता वालिद जुमदबिततले सोमबार राष्ट्रपति आउनसँग छुट्टै भेट गर्नुभयो। भेटपछि जुमदबिततले लेबनानी सरकारका प्राथमिकताहरू वार्ता, आन्तरिक सुरक्षा र विस्थापित मानिसहरूका आवश्यकता सम्बोधन गर्ने रहेको बताउनु भयो ।

उहाँले विस्थापितहरूका लागि पालको सट्टा ‘प्रिफ्याव’ आवासको सम्भावित प्रयोगमा समेत जोड दिनुभयो । गत मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा सैन्य तनाव चुलिएको छ ।

नोभेम्बर २७, २०२४ मा युद्धविराम घोषणा भएयता हिजबुल्लाहको तर्फबाट भएको यो पहिलो आक्रमण थियो । त्यसयता इजरायलले लेबनानको राजधानी बेरुत, सहरका दक्षिणी उपनगरहरू र दक्षिण तथा पूर्वी लेबनानका धेरै क्षेत्रहरूमा तिब्र हवाई आक्रमण गरिरहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल