९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अझै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर

अझै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ ।

आज विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेकामा ४२ प्रतिशत उपचार बाहिर रहेको बताउनुभयो । उहाँले उपचारको दायराभन्दा बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन चुनौती रहेको बताउनुभयो ।

नेपालमा २०८१/०८२ मा औषधि संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरिएको थियो । तीमध्ये  ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशत फोक्सोबाहेकका अङ्गका क्षयरोग देखिएका थिए । यस्तै, औषधि प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना रहेका थिए ।

केन्द्रका निर्देशक डा पौडेलले औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत उपचार सफलता पाइएको बताउनुभयो । उहाँका अनुसार क्षयरोगका कारणले ५१ प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार बेहार्नुपरेको छ । समाजमा क्षयरोगीलाई लाञ्छना र सामाजिक भेदभाव पनि समस्याका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा हरेक वर्ष १६ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको जनाइएको छ । यस रोगबाट मृत्यु दर प्रतिएक लाखमा ५३ जना रहेको छ । निर्देशक डा पौडेलले नियमित औषधि सेवन गरे ९२ प्रतिशत क्षयरोग निको हुने बताउनुभयो । “नियमित छ महिना औषधि खाएका सय जनालाई हामीले परीक्षण गरेका थियौँ । तीमध्ये ९२ प्रतिशतको उपचार सफल भएको पाइयो”, उहाँले भन्नुभयो,“यसकारण समयमा र नियमित उपचार गर्न यो रोग लागेकाहरूलाई आग्रह गर्दै आएका छौँ ।”

सरकारले सन् २०५० सम्म क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०५० मा १० लाखमा एक जना क्षयरोगका बिरामी झार्ने लक्ष्य रहेको जनाइएको छ । केन्द्रका निर्देशक डा पौडेलका अनुसार सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा क्षयरोगको सङ्क्रमण झार्ने लक्ष्य रहेको छ ।
आज ‘हो हामी क्षयरोग अन्त्य गर्छौं । राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।  रासस