९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम- मन्त्री गौतम

स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम- मन्त्री गौतम
अ अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम  चालेको बताउनुभएको छ ।

मन्त्रालयमा आज कर्मचारीहरुसँगको कार्यक्रममा मन्त्री डा गौतमले औषधि तथा  उपकरण खरिद प्रक्रिया, औषधि व्यवस्थापन र स्वास्थ्य बीमाको क्षेत्रमा आफूले समस्या पहिचान मात्र नभइ समाधानतर्फ कदम पनि चालेको बताउनुभयो । उहाँले आफूले चुनौतिका बीच मन्त्रालयको नेतृत्व गरेको उल्लेख गर्दै प्राथमिकतामा राखेका कामले प्रगति हासिल गरेको बताउनुभयो ।

“मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा थाहा थियो मन्त्रालयको काम चुनौतीपूर्ण छ, तर त्यहाँ ठूलो सम्भावना पनि छ,” मन्त्री डा गौतमले भन्नुभयो, “ आज निर्वाचन सम्पन्न भएको छ । नयाँ सरकार बन्दै छ, यस्तो समयमा म यहाँबाट बिदा लिँदै गर्दा तपाईंको कामप्रति सम्मान र हामीले सँगै हासिल गरेका प्रगतिप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”

मन्त्री डा गौतमले मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य, उच्च जोखिम भएका प्रदेशमा मातृ तथा शिशु स्वास्थ्यमा पनि सुधार गरेको बताउनुभयो । “स्वास्थ्य बीमाभित्र झन्डै एक दशकदेखि थुप्रिएका विकृतिका चाङ मसिनोसँग केलायौँ र सुधारका कार्य अगाडि बढाइसकेका छौँ,” उहाँले भन्नुभयो, “बीमाले भोगेको आर्थिक समस्या केही हदसम्म कम हुनेछ ।”

पाँच महिनामा आफूले औषधि व्यवस्था विभागको स्तरवृद्धिको योजना, राष्ट्रिय औषधि प्रयोगशालाका लागि नयाँ भवन निर्माणको गुरुयोजना र मन्त्रालयमा औषधि मामिला महाशाखा स्थापनाको प्रारूप तयार पार्र्ने कार्य अन्तिम चरणमा पु¥याएको मन्त्री  डा गौतमले उल्लेख गर्नुभयो ।

उहाँले औषधिमा गरेको कामले  भविष्यमा औषधिको गुणस्तर, मूल्य, र नवप्रवर्तनको विकासमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । देशभरिका सबै सङ्घीय अस्पतालमा मनोपरामर्श केन्द्र स्थापना गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केदारबहादुर ढकाल, मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, मन्त्रालय मातहतका केन्द्र तथा अस्पतालका निर्देशकलगायतको उपस्थिति थियो ।  रासस