१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
अ अ+ अ-

ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उक्त गिरोहलाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई प्रहरी वृत्त सातदोबाटोमा राखी चोरी तथा किर्तेसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-२ घर भई हाल ललितपुर महालक्ष्मी-५ टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका स्थायी बासिन्दा भई हाल काठमाडौँ महानगरपालिका-२३ नरेफाँट बस्ने २९ वर्षीय भिमबहादुर अधिकारी र रौतहट वृन्दावन नगरपालिका-९ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय सञ्जिवकुमार कुसवाहा रहेका छन् ।

प्रहरीले निजहरूका साथबाट चोरीका विभिन्न मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकलमा केटीएम ड्यूक २५०, केटीएम ड्यूक २००, रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चार थान रहेका छन् । साथै तीन थान ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ । रासस