१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति

जनकपुर स्वच्छता अभियान सञ्चालन गरिने

जनकपुर स्वच्छता अभियान सञ्चालन गरिने
जनकपुरधाम
अ अ+ अ-

जनकपुर। धार्मिक तथा एतिहासीक महत्त्व बोकेकोे जनकपुरधामलाई स्वच्छ, सुन्दर र सफा सहर बनाउने अभियान सुरु गरिने भएको छ ।

जनकपुरधाममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज आयोजना गरेको सर्वपक्षीय बैठकबाट हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा रहेका यहाँका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणका लागि अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

धार्मिक क्षेत्रमा भएको अतिक्रमण हटाउने, फोहर व्यवस्थापन गर्ने, सरसफाइमा जोड दिने तथा ट्राफिक व्यवस्थापनमा तीनै तहका सरकारका समन्वय गरी स्वच्छता अभियान सुरु गर्ने निर्णयसमेत भएको छ ।

बैठकमा मधेस प्रदेश गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेस प्रदेशको राजधानी जनकपुरधामलाई विश्वका पर्यटकको लागि आकर्षकको केन्द्र बनाउने कार्ययोजनासहित रणनीति सर्वपक्षीय बैठकमा पेस गर्नुभएको थियो ।

उहाँले जनकपुरधामको मठमन्दिर, धर्मशाला र पोखरी संरक्षणसहित सडक सरसफाइ, ट्राफिक व्यवस्थापन, ई–रिक्साको व्यवस्थापन, हरियाली प्रवर्द्धन तथा नगरको शौन्दर्यीकरणका लागि कार्ययोजना पेस गर्नभएको थियो ।

कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री मनिष सुमनले मधेस प्रदेशका जिल्लामा करिब ८४ हजारको सङ्ख्ययामा ई–रिक्सा रहेको बताउँदै ई– रिक्सालाई व्यवस्थित गर्नका लागि कानुन निर्माणको तयारी मन्त्रालयमा भइरहेको जानकारी दिनुभयो ।

उहाँले मधेशमा जनचेतनाको अभाव भएका कारण आफ्नो घरको फोहर सही तवरले व्यवस्थापन गर्न नसकेको कारणले नगर अव्यवस्थित बन्न नसकेको बताउनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेलले जनकपुरधाममा बढ्दो जनसङ्ख्या र बाहिरबाट आउने तीर्थयात्रीको सङ्ख्या तथा सहरी क्षेत्रको बढ्दो चाँपका कारणले नगरको व्यवस्थापनका चुनौती देखिएको बताउँदै नगर प्रहरीको सङ्ख्या बढाउन सुझाव दिनुभयो । रासस