७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी

निर्वाचन सफल बनाउन सहयोग गरेकोमा नेकपालाई प्रधानमन्त्री कार्कीको धन्यवाद

निर्वाचन सफल बनाउन सहयोग गरेकोमा नेकपालाई प्रधानमन्त्री कार्कीको धन्यवाद
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति आभार व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेतासँग हालै सम्पन्न निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहभागी भई अनुकूल वातावरण निर्माण गर्न सहयोग गरेको भन्दै नेकपा नेतृत्वप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “तपाईँहरुले निर्वाचनमा भाग लिनुभयो, वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रियाबाट निकास दिन सहयोग गर्नुभयो, यसका लागि धन्यवाद।”

प्रधानमन्त्री कार्कीले निर्वाचनमा विजयी भएका नेताहरुलाई बधाई दिँदै अन्य उम्मेदवारलाई आगामी अवसरका लागि शुभकामना व्यक्त गर्नुभयो।

छलफलका क्रममा नेकपा नेताहरुले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई मुलुकले निकास पाएको उल्लेख गर्दै बधाई दिएका थिए।

संयोजक प्रचण्डले निर्वाचन नभएको भए मुलुक गम्भीर संकटतर्फ जान सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्नुभयो। “निर्वाचन गराउने काम निकै साहसिक र प्रशंसनीय छ,” उहाँले भन्नुभयो।

त्यस्तै, पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री कार्कीको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै देशको राजनीतिक स्थायित्व र संवैधानिक व्यवस्था जोगाउन उहाँको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।

नेताहरुले अव्यवस्थित अवस्थाबिच छोटो समयमै निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको दृढता, इमानदारी र नेतृत्व क्षमताका कारण सम्भव भएको धारणा व्यक्त गरेका थिए।