४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिएका हुन् ।

उनले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाई भएको बताए । उनले संसदीय दलको नेता बालेन्द्र साह नै हुने जानकारी दिए । पूर्वसहमति र प्रतिवद्धताबाट दायाँबायाँ नहुने उनको भनाइ छ ।

उनले संसदीय दलको नेता छान्ने प्रक्रियाको लागि केन्द्रिय समितिको बैठक नै बस्नुपर्ने बताए । दलको नेता छान्न आन्तरिक र अनौपचारिक रुपमा भने छलफल भईरहेको उनले जानकारी दिए ।

उनले भने, “हामीले केन्द्रिय समितिको बैठक कुनुपर्छ, आन्तरिक र अनौपचारिक हामीले त्यसमा छलफल गरेका छौँ । अझै पनि दलको नेता बनाउनको लागि हामीले प्रक्रियागत रुपमा अगाडी बढाउनको लागि केही नेताहरुको उपस्थितिको प्रतिक्षामा रहेको हुनाले स्वास्थ्य अवस्थाको कारण केही नेताहरुको उपस्थिति अझै पनि पर्खिनुपर्ने भएकोले हामीले कुरिरहेका छौँ । तर एउटा विषय स्पष्ट पारौँ, सोसंग सम्बन्धित, हामी त्यसमा जिम्मेवार छौँ र प्रतिवद्धता हामीले बिर्सेका छैनौ । त्यसैले केही तलमाथी होला की भन्ने आशंका नगरियोस् ।”

उनले दलको नेता चयनमा कुनै आशंका नगर्न पनि आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ट नेता साहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेर पार्टीमा भित्र्याएको थियो । उक्त सहमति कार्यन्वयन गर्ने प्रवक्ता झाको भनाइ छ ।