१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिशा विकमाथि सामूहिक बलात्कारपछि हत्या र कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटना तथा दैलेखमा १२ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भइ गर्भवती भएको घटना सार्वजनिक भएकामा सिजपले गम्भीर चिन्ता व्यक्त गरेको हो ।

त्यसैगरी सामाजिक सञ्जालमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियो बनाएर चार वर्षसम्म निरन्तर ‘ब्ल्याकमेल’ र बलात्कार गरिएको कैलाली टीकापुरको घटनाले डिजिटल यौन शोषण र बालिकामाथि हुने दीर्घकालीन हिंसाको भयावह रूप देखाएको सिजपले जनाएको छ ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले आज एक विज्ञप्ति जारी गरी यी घटनाहरूले नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, शारीरिक शोषण, अनलाइन दुव्र्यवहार र हत्याजस्ता अपराध बढ्दो क्रममा रहेको सङ्केत गरेको र बालबालिकामाथि हुने यस्तो जघन्य हिंसाले बाल अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धि तथा नेपालको संविधानले सुनिश्चित गरेको बाल संरक्षणको अधिकारको गम्भीर उल्लङ्घन गरेको जनाउनुभएको छ ।

“सबै घटनाको छिटो, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न र पीडित तथा पीडित परिवारलाई मनोसामाजिक परामर्श, कानुनी सहयोग तथा उचित क्षतिपूर्ति उपलब्ध गर्न माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । रासस