९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

मुचुल्का र मतपेटिकाको मतसंख्या फरक परे ‘मतपेटिकाकै मत’ आधिकारिक मानिनेः निर्वाचन आयोग

मुचुल्का र मतपेटिकाको मतसंख्या फरक परे ‘मतपेटिकाकै मत’ आधिकारिक मानिनेः निर्वाचन आयोग
अ अ+ अ-

काठमाडौँ । निर्वाचनका क्रममा मतदान अधिकृतले तयार पारेको मुचुल्का प्रतिवेदन र मतपेटिकाभित्र भेटिएको प्रत्यक्ष मतसंख्या केही स्थानमा फरक देखिएपछि निर्वाचन आयोगले स्पष्ट कानूनी व्यवस्थाअनुसार अघि बढ्न निर्देशन दिएको छ।

ओखलढुंगासहित केही जिल्लामा यस्तो समस्या देखिएपछि आयोगले देशभर एउटै मापदण्ड लागू हुनेगरी निर्णय कार्यान्वयन गराएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रकाश भट्टराईका अनुसार मानवीय त्रुटिका कारण मतदान अधिकृतले तयार पारेको प्रतिवेदन (मुचुल्का) र मतपेटिका खोल्दा निस्किएको मतसङ्ख्याबिच कहिलेकाहीँ फरक पर्न सक्ने अवस्था रहने भएकाले आयोगले मतगणना निर्देशिकामै यसबारे स्पष्ट व्यवस्था गरेको छ।

उनले उक्त व्यवस्थाले मतगणना स्थलमा उत्पन्न हुन सक्ने सम्भावित विवाद समाधान गर्न र मतगणना कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुगेको बताए।

भट्टराईले भने, “मतदानका क्रममा कति जना मतदाताले मत खसाले भन्ने विषयमा मतदाता नामावलीमा रेजा लगाउने क्रममा कहिलेकाहीँ मानवीय त्रुटि हुन सक्छ। विगतका निर्वाचनहरूमा पनि यस्ता फाट्टफुट्ट घटना देखिएका थिए। आयोगले कतै एउटा र अर्को ठाउँमा अर्को निर्णय गर्दैन। हामीले नीतिगत निर्देशन पठाइसकेका छौँ र सोही अनुसार सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मतगणना टोलीले काम अगाडि बढाइरहेका छन्।”

मतगणना निर्देशिकाअनुसार मतदान अधिकृतले दिएको प्रतिवेदन र मतपेटिकाभित्र भेटिएको मतसंख्या फरक परेको अवस्थामा मतपेटिकामा भेटिएको मतलाई नै आधिकारिक मानिने कानूनी व्यवस्था रहेको प्रवक्ता भट्टराईले जानकारी दिए। आयोगले यही व्यवस्था र परिपत्रका आधारमा देशभरका सबै निर्वाचन क्षेत्रमा समान निर्णय लागू गरेको जनाएको छ।