९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वय प्रक्रिया अघि बढ्छः अर्थमन्त्री खनाल

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वय प्रक्रिया अघि बढ्छः अर्थमन्त्री खनाल
अ अ+ अ-

काठमाडाैँ । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने बताएका छन् ।

वर्तमान सरकारसँग कार्यान्वयनका लागि पर्याप्त समय नभए पनि जेनजीसँग भएको समझदारी बमोजिम मन्त्रिपरिषद्मा छलफल गरेर आवश्यकताअनुसार अघि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी उनले दिएका हुन् ।

सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने, “निर्वाचन आयोगले आफूले प्रतिवेदन समाप्त गर्न चाहे अनुसारको समय सरकारले दियो र आज भर्खरै उहाँहरूले प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीलाई बुझाउनुभएको छ । सम्माननीय प्रधानमन्त्रीले त्यो बुझ्ने बेलामा ‘यो सरकारले नै कार्यान्वयन गर्नको निमित्त समय बाँकी छैन, तर यो प्रतिवेदन जेन्जीहरूसँग गरिएको एउटा समझदारी बमोजिम, युवाहरूले जुन आवाज उठाएका थिए, त्यो बमोजिम हामी यो प्रतिवेदनलाई मन्त्रिपरिषद्मा लिएर गएर छलफल गरेर सार्वजनिक गर्ने प्रयत्न गर्छौँ ।”

जेनजी आन्दोलन जाँचबुझ आयोगको टोलीले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।