२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मतदान केन्द्र समावेशी बनाउन आवश्यक छ’



दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय नमुना मावि केन्द्रमा बिहीवार प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्दै अशक्त ज्येष्ठ नागरिक ।तस्बिरः कुलदीप न्यौपाने-रासस
अ+ अ-

काठमाडौँ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले मतदान केन्द्र थप समावेशी बनाउन सुझाव दिएको छ । एफडब्लुएलडीले आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मतदान केन्द्रहरु थप लैङ्गिक, अपाङ्गता तथा समावेशीमैत्री बनाउन आवश्यक रहेको बताएको छ ।

एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले उक्त सुझाव दिएका हुन् । एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले मतदान हुनुअघि मतदानस्थल, मतदानको समय र मतगणनाको अवस्थालाई ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण विधि’बाट प्रतिवेदन तयार पारिएको जानकारी गराए ।

उनले सात प्रदेशका २४ जिल्लाका १६० मतदान केन्द्रको अवलोकन गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए। एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार मतदान केन्द्र बनाउनुपर्नेमा जोड दिए ।