४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अत्यधिक उत्साहित नहुन रास्वपा प्रवक्ता मनिष झाको आग्रह, ‘विजयभन्दा ठूलो जिम्मेवारी आएको छ’

अत्यधिक उत्साहित नहुन रास्वपा प्रवक्ता मनिष झाको आग्रह, ‘विजयभन्दा ठूलो जिम्मेवारी आएको छ’
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा ले पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आग्रह गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले त्यसलाई विजय उत्सवका रूपमा होइन, देशको समस्या समाधान गर्ने जिम्मेवारीका रूपमा लिन पार्टी पंक्तिलाई आह्वान गरेका हुन्।

धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतसहित निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मतदाताले दिएको विश्वासलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफूहरू व्यक्तिगत स्वार्थका लागि होइन, देशका लागि राजनीति गर्न आएको भन्दै राजनीति सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे। प्रवक्ता झाले नेपालमा परिवर्तनको चाहना जनतामा बढ्दै गएको र त्यसको अभिव्यक्ति मतपत्रमार्फत देखिएको उल्लेख गरे।

उनका अनुसार मधेसमा रास्वपाको उपस्थितिसमेत उल्लेखनीय रूपमा बढ्दै गएको छ। “पहिले मधेसमा रास्वपा पनि छ भन्ने अवस्था थियो, अहिले ३२ वटै सिट जितिन्छ कि भन्ने अवस्थासम्म पुगेको छ,” उनले भने।

यद्यपि यस्तो परिणामलाई उपलब्धि मात्र नभई थप जिम्मेवारीका रूपमा लिनुपर्ने उनले बताए। सामाजिक सञ्जालमा पनि यसबारे उल्लेख गरेको स्मरण गराउँदै उनले पार्टीका नेता–कार्यकर्तालाई संयमित रहन र कुनै पनि प्रकारको अख्तियारी दुरुपयोग नगर्न सचेत गराए।

“हामीले पहिले आफूप्रति नै कठोर हुनुपर्छ। नेता बन्ने होइन, जनताको सहजकर्ता बन्ने सोचका साथ अघि बढ्नुपर्छ,” उनले भने।

झाले आफूहरू व्यक्तिगत वा पारिवारिक स्वार्थका लागि होइन, देशको विकास र नागरिकको हितका लागि राजनीति गर्न आएको दोहोर्‍याए। नागरिकको हित र विकासका योजनालाई प्राथमिकतामा राखे सुधार स्वतः सम्भव हुने उनको भनाइ थियो।

उनले रास्वपाले नेता भएर होइन, सहकार्यकर्ता बनेर जनताको सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।