४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

परिणाम आउनुअघि संयमित रहन रास्वपाको अपिल, अनावश्यक टिप्पणी नगर्न निर्देशन

परिणाम आउनुअघि संयमित रहन रास्वपाको अपिल, अनावश्यक टिप्पणी नगर्न निर्देशन
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउन बाँकी रहेको अवस्थामा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई धैर्यतापूर्वक अन्तिम परिणामको प्रतीक्षा गर्न आग्रह गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले शनिबार एक अपिल जारी गर्दै निर्वाचनबाट प्राप्त जनादेशलाई जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गरेका छन्। उनले जनताको अभिमतलाई उच्च मूल्याङ्कन गर्दै विजय उन्मादभन्दा जिम्मेवार र जवाफदेही ढंगले काम गर्नु पार्टीपंक्तिको कर्तव्य भएको बताएका छन्।

फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय लाग्ने भएकाले पार्टीका सबै सदस्यलाई संयमित रहन आयोगले आग्रह गरेको छ।

अनुशासन आयोगले निर्वाचनको यस संवेदनशील घडीमा पार्टीका विभिन्न पंक्तिबाट सामाजिक सञ्जाललगायत माध्यममा अनावश्यक टिप्पणी तथा गतिविधि बढेकोप्रति पनि ध्यानाकर्षण गराएको छ।

यस्ता गतिविधि नगर्न र नगराउन पार्टीपंक्तिलाई निर्देशन दिँदै आयोगले त्यस्तो कार्य भएमा पार्टीको विधान, कार्यविधि तथा आचारसंहिताअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।

लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सभ्य र अनुकरणीय राजनीतिक अभ्यास गर्नुपर्नेमा जोड दिँदै आयोगले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने अन्तिम चरणमा पुगेकोप्रति सबै सरोकारवालालाई धन्यवादसमेत दिएको छ। साथै आयोगले पार्टीको आधिकारिक निर्देशनबिना कुनै पनि गतिविधि नगर्न पार्टीपंक्तिलाई आग्रह गरेको छ।