९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

काठमाडौँ का १० वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण
अ अ+ अ-

काठमाडौँ। काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीका रुपा महर्जनले ५४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी काठमाडौँ क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले तीन हजार २९०, नेपाली कांग्रेसका सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले एक हजार ४८१, नेकपा (एमाले) का प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २८२, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नं १ को पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जु न्यौपानेले तीन हजार १२९, नेपाली कांग्रेसका प्रबल थापा श्रेत्रीले एक हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले ४२४, नेकपा (एमाले) का मणिराम फुँयाल २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, काठमाडौँ क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले एक हजार ८४६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले एक हजार ५६०, नेपाली कांग्रेसका रमेश अर्याल ५८३ र नेकपा (एमाले)का रामेश्वर फुँयालले ४५६ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगले बिहान ४ः३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुुकार बमले ८६५, नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, काठमाडौँ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले एक हजार ४२४, नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा (एमाले)का ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गर्नुभएको छ । अन्य क्षेत्रको विवरण भने प्राप्त भइसकेको छैन । रासस