२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान



अ+ अ-

काठमाडाैँ । बागलुङकाे काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् ।

आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन् । आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए ।

राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत छन्।उनले भने,“चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिँन ।”