२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा ४५ प्रतिशत मत खस्यो



अ+ अ-

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ः०० बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंकाअनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत मत खसेको छ ।

त्यसैगरीमा मुगुमा ५५ दशमलव ४२, हुम्लामा ५२ दशमलव ९१, रुकुमपश्चिममा ५० दशमलव ६१, जाजरकोटमा ४९ दशमलव ७५, जुम्लामा ४७ दशमलव ६७, कालीकोटमा ४२ दशमलव ६४, सल्यानमा ३८ दशमलव ४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागार्इंले जानकारी दिए।

उनका अनुसार सुर्खेत क्षेत्र नं १ मा ४८ दशमलव २५, क्षेत्र नं २ मा ४६ दशमलव ११, दैलेख क्षेत्र नं १ मा ३७ दशमलव ३३ र क्षेत्र नं २ मा ३५ दशमलव २७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा कर्णाली प्रदेशमा अहिलेसम्म चार लाख ६८ हजार ४२५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।