९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

सबैको सहयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सफल भयौँः निर्वाचन आयोग

सबैको सहयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सफल भयौँः निर्वाचन आयोग
अ अ+ अ-

काठमाडौँ । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहयोग महत्वपूर्ण रहेको निर्वाचन आयोग ले जनाएको छ। आयोगले निर्धारित मिति फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सफल भएको उल्लेख गर्दै यसमा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको हो।

निर्वाचनको मिति घोषणा हुँदा देशको शान्ति सुरक्षा अवस्था लगायत विभिन्न कारण देखाउँदै तोकिएको समयमा निर्वाचन हुनेमा कतिपयले आशंका व्यक्त गरेका थिए। तर नेपाली समाजको सहिष्णुता र सौहार्द्रताले ती आशंकाहरूलाई चिर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको आयोगको भनाइ छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले संविधानअनुसार आवधिक निर्वाचन गराउनु आयोगको प्रमुख दायित्व रहेको र सोही कार्ययोजना अनुसार आयोग निरन्तर सक्रिय रहेको बताए। उनका अनुसार यो सफलता आयोगको एकल प्रयासबाट मात्र सम्भव नभएको स्पष्ट पारे।

प्रवक्ता भट्टराईले नेपालका राजनीतिक दल, उम्मेदवार, आम मतदाता, सञ्चार क्षेत्र, नागरिक समाज तथा नेपाल सरकारको सहयोगका कारण तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सम्भव भएको बताए।

उनले भने, “निर्वाचनको मिति घोषणा हुँदा देशको शान्ति सुरक्षाको अवस्थादेखि विभिन्न विषयले समयमा निर्वाचन हुन्छ भन्नेमा शंका गर्ने आधार थिए। तर नेपाली समाजको सहनशीलता र सौहार्द्रताले प्रगति र समृद्धिका मार्गहरू सधैं उजागर गर्ने गरेको छ।”

यस्तै, मतदानको दिन उत्साहजनक रूपमा अगाडि बढिरहेको भए पनि निर्वाचनको सम्पूर्ण प्रक्रिया अझै समाप्त नभएकोतर्फ आयोगले ध्यानाकर्षण गराएको छ। आयोगले बाँकी प्रक्रियालाई पनि सफल र व्यवस्थित ढंगले सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।