९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मतदान केन्द्रदेखि मतगणनास्थलसम्म अनुगमन

मतदान केन्द्रदेखि मतगणनास्थलसम्म अनुगमन
अ अ+ अ-

भक्तपुर। आज हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै यहाँ जिल्ला सुरक्षा परिषद्सहितको टोलीले बुधबार जिल्लाका मतदान केन्द्रदेखि मतगणना स्थलसम्मको अनुगमन सम्पन्न गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सञ्चारकर्मी सम्मिलित टोलीले मतदानस्थलको अवलोकन गरेको हो । त्यसै क्रममा क्षेत्र नं १ को मतगणना हुने स्थान विद्युत् प्राधिकरणको तालिम केन्द्र खरिपाटी र क्षेत्र नं २ को मतगणना हुने बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रको अवलोकन गरिएको छ ।

बोडेमा मतगणनाका लागि तारजाली, सिसी क्यामेरासहितको सुरक्षित स्थान निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यस स्थानमा एकै पटक चार स्थानमा मतगणना गर्नेगरी तयारी गरिएको र खरिपाटीमा पनि चार स्थानमै गणना गर्ने तयारी पूरा गरेको जानकारी दिनुभयो ।

जिल्लाका सबै केन्द्रमा मतदान अधिकृतसहितको टोली सम्पूर्ण सामग्रीसहित यसअघि नै पुगेर सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन्न गरी मतदानस्थलको तयारी पूरा गरेका छन् ।

प्रत्येक निर्वाचन केन्द्रमा छजना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको छ । मतदान सम्पन्न गर्न जिल्लामा एक हजार ४०० कर्मचारी र ७०० स्वयंसेवक खटाइएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

भक्तपुरमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै उहाँले अधिकांश मतदान केन्द्रमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेराको व्यवस्था गरिएको, ५० बढी सुरक्षाकर्मीको मोबाइल टोलीका गाडी खटाइएको, कुनै घटना भएर पाँच मिनेटभित्र थप सुरक्षा फौज पुग्न सक्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, २ नं क्षेत्रकी निर्वाचन अधिकृत राधिका सुवाल, प्रमुख सेनानी निरज प्रताप जबरा, प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महत, उपअनुसन्धान निर्देशक हेमन्त कार्की, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरलगायतको टोलीले अनुगमन गरेको थियो ।

दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरको क्षेत्र नं १ र २ मा गरी कुल ७६ वटा मतदानस्थलमा २३३ मतदान केन्द्र निर्धारित गरिएका छन् । भक्तपुर क्षेत्र नं १ मा ३७ मतदानस्थलमा ११९ मतदान केन्द्र तथा क्षेत्र नं २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

बोडे मतदान केन्द्रमा महिला कर्मचारी

निर्वाचनका लागि मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्र मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीले निर्वाह गर्ने भएका छन् ।

निर्वाचन क्षेत्र नं २ की मतदान अधिकृत राधिका सुवालले यस केन्द्रमा निर्वाचन सम्पन्न गराउने सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीले लिएको जानकारी दिँदै सुरक्षाकर्मीसमेत महिला मात्रै खटिएको बताउनुभयो ।

चारवटा बुथ रहेको यस केन्द्रमा एउटा बुथमा मतदान अधिकृतको नेतृत्वमा नौ जनाको टोली रहेकामा चार मतदान अधिकृतसहित ३६ महिलाको टोली खटिएका र महिला प्रहरीको नेतृत्वमा दुई दर्जन सुरक्षाकर्मी खटिने सुवालले जानकारी दिनुभयो । रासस