९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गृहमन्त्री अर्यालद्वारा मतदानस्थलको अनुगमन, प्रहरी मुख्यालयमा निर्वाचन व्यवस्थापन केन्द्रको निरीक्षण

गृहमन्त्री अर्यालद्वारा मतदानस्थलको अनुगमन, प्रहरी मुख्यालयमा निर्वाचन व्यवस्थापन केन्द्रको निरीक्षण
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँ निर्वाचन क्षेत्र नं ६ तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर मतदानस्थलको अनुगमन तथा प्रहरी प्रधानकार्यालयमा निर्वाचन व्यवस्थापन सूचना केन्द्रको निरीक्षण गर्नुभएको छ ।

गृहमन्त्रीका साथ गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा निकायका अधिकारीहरू हुनुहुन्थ्यो ।

मतदातासँग कुरा गर्दै गृहमन्त्रीले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्कतापूर्वक कार्यस्थलमा खटिएका बताउनुभयो ।

गृहमन्त्रीले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।

गृहमन्त्रीलाई निर्वाचन व्यवस्थापन सूचना केन्द्रमा पालिकास्तरसम्म जनशक्ति व्यवस्थापन एवं परिचालन, निर्वाचनमा खटिएका सबैको एकीकृत सूचना निर्वाचन प्रहरी, मतदानस्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारको विवरण प्राप्त गर्न सकिनेबारे जानकारी गराइएको थियो ।

मतदानस्थल र मतपेटिकाको अवस्थाको स्थलगत र सङ्ख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रबारे जानकारी दिनुभएको थियो ।

केन्द्रबाट मतदानस्थलमा मतपेटिका पुगेनपुगेको, मतदान प्रक्रिया प्रारम्भ भएनभएको सूचना सहजै प्राप्त गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । देशभरका सबै निर्वाचन क्षेत्रका निर्वाचन गतिविधिको सहज रुपमा अनुगमन गर्न सकिन्छ ।

केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ । गृहमन्त्री अर्यालले सातवटै प्रदेशमा परिचालन भएका सुरक्षाकर्मी तथा निर्वाचन ‘डेस्क’का सुरक्षाकर्मीबारे जानकारी लिनुभएको थियो । रासस