९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

मतगणना स्थलको सुरक्षामा कडा निगरानीः तारजाली र सिसीटिभी क्यामेरा जडान सम्पन्न

मतगणना स्थलको सुरक्षामा कडा निगरानीः तारजाली र सिसीटिभी क्यामेरा जडान सम्पन्न
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएलगत्तै सुरु हुने मतगणनालाई सुरक्षित, विवादरहित र छिटोछरितो बनाउन निर्वाचन आयोगले देशभरका मतगणना स्थलहरूमा कडा सुरक्षा तथा प्राविधिक व्यवस्था मिलाएको जनाएको छ ।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार देशैभरका मतगणना स्थलहरूको तयारी पूरा भइसकेको छ । विगतका निर्वाचनहरूमा मतगणनाका क्रममा मतपत्र च्यात्ने, हुलहुज्जत गर्ने जस्ता घटनाहरू दोहोरिन नदिन यसपटक प्रत्येक मतगणना स्थलमा अनिवार्य रूपमा तारजाली र सिसीटिभी क्यामेराको व्यवस्था गरिएको उहाँले जानकारी दिए।

सचिव राउतले मतगणनासम्बन्धी ऐन, नियमावली र निर्देशिकाअनुसार आयोगले थप परिपत्रसमेत जारी गरिसकेको बताए। सोही कानुनी व्यवस्थाअनुसार मतगणनालाई व्यवस्थित र तीव्र बनाउन आवश्यक थप प्राविधिक तयारी गरिएको उनको भनाइ छ ।

उनका अनुसार उपयुक्त हलको छनोटदेखि सुरक्षा व्यवस्थापनसम्मका सबै काम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमार्फत सम्पन्न भइसकेको छ । देशका सबै जिल्लाबाट आवश्यक व्यवस्थापन पूरा भएको प्रतिवेदन आयोगमा प्राप्त भइसकेको पनि उनले जानकारी दिए।

मतगणना कार्यलाई विगतको तुलनामा थप छिटो, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ सुरक्षा तथा प्राविधिक व्यवस्थामा विशेष ध्यान दिइएको आयोगले जनाएको छ । न्युज एजेन्सी नेपाल