९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बाँकेमा शान्तिपूर्ण निर्वाचनका लागि १० बुँदे प्रतिबद्धता

बाँकेमा शान्तिपूर्ण निर्वाचनका लागि १० बुँदे प्रतिबद्धता
अ अ+ अ-

बाँके। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका प्रमुख राजनीतिक दलले शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचनका लागि संयुक्त प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले बाँके क्षेत्र नं २ मा मतदानलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवाला निकायले १० बुँदे निर्णय गर्दै प्रतिबद्धता जनाएका हुन् ।

निर्णयमा मतदान केन्द्रमा प्रवेश गर्दा मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा सम्बन्धित निकायबाट प्राप्त आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने उल्लेख छ । शारीरिक रूपमा अशक्त, वृद्धवृद्धा तथा दृष्टिविहीन मतदातालाई आवश्यक सहयोग उपलब्ध गराइने व्यवस्था मिलाइने पनि निर्णय गरिएको छ ।

यस्तै, प्रत्येक उम्मेदवारले मतदान प्रतिनिधि नियुक्त गर्न पाउने र सो प्रतिनिधिले आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदान केन्द्र परिसरमा कुनै पनि प्रकारका प्रचारप्रसारजन्य सामग्री, झन्डा, ब्यानर, नारालगायत सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ ।

बैठकले मतदान केन्द्रमा शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मी परिचालन गरिने, मतदान अधिकृतको निर्देशन पालना गर्न सबै पक्षलाई आग्रह गर्ने तथा मतदानका क्रममा विवाद उत्पन्न भएमा तत्काल छलफल र समन्वयबाट समाधान गर्ने निर्णय गरेको छ ।

निर्वाचन अधिकृतले सबै मतदातालाई तोकिएको समयभित्र उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबैको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन् । रासस