९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ ।

आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल भएकाले उत्साहपूर्ण रूपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरेको हो । साथै, मौन अवधि सुरु भइसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुनेछ भन्ने आयोगले अपेक्षा र विश्वास लिएको छ ।”

आयोगले निर्वाचनको अवधिमा स्वास्थ्य सेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताहरूका लागि सवारीसाधन तथा हवाई उडानजस्ता अत्यावश्यक सेवाहरूलाई सुचारुरूपले सञ्चालन गर्न गराउनसमेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

“निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व हो भने यस कार्यलाई सघाउनु राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हो”, आयोगले भनेको छ, “निर्वाचन अवधिमा देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलार्ई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।”

आयोगले राजनीतिक दल तथा अन्य कसैले पनि मौन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र सम्भावित अवाञ्छित क्रियाकलापलाई रोक्न आयोग नेपाल सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको दिनको अनुगमनका लागि आयोगले देशैभर अनुगमन टोली खटाएको जनाएको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका अन्य केही जिल्लाहरूमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोलीसमेत बनाएको छ ।

यसअघि, आयोगले विभिन्न जिल्लाहरूमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई ध्यानाकर्षण गराइसकेको छ । रासस