२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान



फाईल फोटो
अ+ अ-

काठमाडाैँ । राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको छ । बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको उक्त सडक यस वर्ष नाग्मदेखि हिमा गाउँपालिकाको देवारगाउँसम्मको करिब १५ किलोमिटर कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यही फागुन १७ गते सार्वजनिक सूचनामार्फत ठेक्का आह्वान गरिएको हो । यसका लागि कुल रु ९१ करोड ६६ लाख बजेट स्वीकृत भइसकेको छ ।

ठेक्का प्रक्रियाबाट स्वीकृत प्रस्तावअनुसार लागत निर्धारण गरिने छ । नाग्मदेखि देवारगाउँसम्मको १५ किलोमिटर खण्डमा उच्चस्तरीय कालोपत्र, विशेषगरी अस्फाल्ट कङ्क्रिट प्रविधि प्रयोग हुने भएको छ । नाग्म–गमगढी राजमार्गका लागि बहुवर्षीय बजेटसमेत स्वीकृत भइसकेकाले दीर्घकालीन रूपमा निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा गरिएको कार्यालय प्रमुख महताराको भनाइ छ ।

चार वर्षअगाडि यहाँको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा करिब ६ किलोमिटर मात्र कालोपत्र गरिएको थियो । बजेटको सुनिश्चिता नहुँदा नाग्म–गमगढी सडक स्तरवृद्धि हुन सकेको थिएन । अब बजेटको सुनिश्चित भएसँगै कालोपत्रको कामलाई तीव्र गतिमा अगाडि बढ्ने प्रमुख महताराले बताउनुभयो ।  नाग्म–गमगढी सडक स्तरवृद्धि नुहँदा राराताल आउने पर्यटकलाई सास्ती हुने गरेको थियो ।