२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो



अ+ अ-

काठमाडाैँ । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका नेपाल–भारत सीमा नाकाहरू सिल गरिएको छ। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा योजनाअनुसार जटहीलगायत जिल्लाका भारतीय सीमा नाका गत राति १२ बजेदेखि बन्द गरिएको हो। उक्त नाका फागुन २१ गते मतदान कार्य सम्पन्न भएपछि मात्र पुनः सञ्चालनमा ल्याइनेछ।

उनले सीमा क्षेत्रबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सवारीसाधन तथा पैदल आवतजावतमा पूर्ण रोक लगाइएको जानकारी दिए । “१८ गते राति १२ बजेदेखि २१ गते रातिसम्म जिल्लाका भारतीय सीमासँग जोडिएका सबै नाका सिल गरिएको छ। नाकाहरूमा कडाइका साथ चेकजाँच भइरहेको छ। कुनै पनि सवारीसाधन र व्यक्तिलाई आवतजावत गर्न दिइएको छैन,” उनले भने ।

प्रहरीका अनुसार निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। सोही योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन भइसकेका छन्।

नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षा अधिकारीहरूबिच भएको समन्वय बैठकपछि निर्वाचन केन्द्रित सुरक्षा रणनीति तय गरिएको र त्यसैअनुसार सीमा नाका बन्द गरिएको जनाइएको छ।