२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
अ अ+ अ-

काठमाडौँ । दैनिक करिब ५ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग हुने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार यसअघि आवेदन दिइसकेका करिब २५ लाख सेवाग्राहीलाई अझै लाइसेन्स वितरण गर्न बाँकी रहेको छ ।

विभागका महानिर्देशक राजीव पोखरेलले अत्यावश्यक परेका सेवाग्राहीलाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराइरहेको जानकारी दिए । उनका अनुसार दैनिक करिब ६ सय जनाले ‘इमरजेन्सी’ भन्दै लाइसेन्सका लागि विभागमा निवेदन दिने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको छ ।

अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि सम्बन्धित विवरण सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइने व्यवस्था छ । त्यहाँबाट ५ देखि ७ दिनभित्र लाइसेन्स छपाइ भई विभागमा आउने र त्यसपछि वितरण गरिने महानिर्देशक पोखरेलले बताए ।लाइसेन्स अभावको समस्या समाधान गर्न विभागले विभिन्न सहजीकरणका उपाय अवलम्बन गरेको उनको भनाइ छ ।

विभागले नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था गरेको छ । ट्राफिक प्रहरीले पनि उक्त डिजिटल लाइसेन्सलाई मान्यता दिने गरेको छ । ट्राफिक नियम उल्लङ्घन भएमा सोही डिजिटल लाइसेन्सका आधारमा चिट काट्न तथा जरिवाना अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले लाइसेन्स वा रसिद बोकेर हिँड्नुपर्ने बाध्यता हटाएको विभागको दाबी छ ।

जेन–जी आन्दोलनका क्रममा विभागमा आगलागी हुँदा करिब २ लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएका थिए । संसद भवन नजिकै रहेकाले आन्दोलनको केन्द्रबिन्दुमा परेको विभागमा ठूलो क्षति पुगेको महानिर्देशक पोखरेलले उल्लेख गरे । विभाग पूर्ण रूपमा क्षतिग्रस्त भए पनि कर्मचारीको प्रयासबाट करिब ६० लाख ड्राइभिङ लाइसेन्सको डेटा पुनर्जीवित गर्न सफल भएको उनले जानकारी दिए ।

उनका अनुसार आन्दोलनका बेला लाइसेन्स प्रिन्ट गर्ने मेसिनसमेत जलेर नष्ट भएको थियो । उक्त मेसिन सञ्चालनमा आउन नसकेपछि बनेपास्थित सेक्युरिटी प्रिन्टिङ प्रेससँग सम्झौता गरी छपाइ कार्य अघि बढाइएको छ । पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरी उपलब्ध गराउने प्रक्रिया सुरु भएको र क्रमशः सबै सेवाग्राहीले लाइसेन्स पाउने व्यवस्था मिलाइने विभागको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने वा अन्य आपतकालीन प्रयोजनका लागि लाइसेन्स आवश्यक परेकाले विभागमा निवेदन दिएपछि प्राथमिकताका आधारमा उपलब्ध गराइँदै आएको छ । हाल डिजिटल प्रणालीको प्रयोग बढेसँगै लाइसेन्ससम्बन्धी समस्या पहिलेको जस्तो जटिल नरहेको महानिर्देशक पोखरेलले बताए ।